पूर्व मन्त्री रमेश लेखकद्वारा रेडक्रसलाई एम्बुलेन्स प्रदान

Posted on: 05 Sep, 2017

भदौ २०, कञ्चनपुर। नेपाल रेडक्रस सोसाइटी, कञ्चनपुर शाखालाई पूर्व मन्त्री एवं व्यवस्थापिका–संसद्का सांसद रमेश लेखकले एम्बुलेन्स प्रदान गर्नुभएको छ । 

निर्वाचन क्षेत्र विकास कोषको रु १० लाखमा खरिद गरिएको एम्बुलेन्स रेडक्रसलाई प्रदान गरिएको हो । 

रेडक्रसको स्थापना दिवसका अवसरमा सोमबार पूर्व मन्त्री लेखकले एम्बुलेन्स प्रदान गर्नाका साथै उद्घाटन गर्नुभएको हो । 

एम्बुलेन्सको उद्घाटन गर्दै उहाँले रेडक्रसलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो । सबैले परोपकारी सङ्घसंस्थालाई सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!