कपिलवस्तु को वाणगंगा नगरपालिकाको बजेट ६७ करोड ३३ लाख

Posted on: 05 Sep, 2017

इमरान खान/भदौ २०, कपिलवस्तु । कपिलवस्तु जिल्ला नगरपालिका वाणगंगा नगरपालिकाको पहिलो नगरसभाले आ.ब. २०७४÷७५ लागि करिब रु ६७ करोड ३३ लाख बजेट विनियोजन गरेको छ । 

नगर प्रमुख मंगलप्रसाद थारुले सोमबार भएको प्रथम नगरसभामा रु ६७ करोड ३३ लाख ५९ हजार ९३६ को बजेट स्वीकृत भई विनियोजन भएको हो । जसमध्ये चालू खर्चतर्फ ३० करोड नौ लाख ६४ हजार विनियोजन भएको छ । पूँजीगत खर्चतर्फ रु ३७ करोड २३ लाख ९५ हजार ९३६ रकम विनियोजन भएको छ । जुन रकम कूल बजेटको ५५ प्रतिशत हो । 

वडास्तरीय कार्यक्रमका लागि रु ११ करोड, नगरका भौतिक सडक, खानेपानी, सिँचाइ, नदी नियन्त्रणजस्ता ठूला पूर्वाधार कार्यक्रमका लागि रु १६ करोड रकम छुट्याइएको छ ।  

वडा तथा नगरपालिकाको भौतिक निर्माणका लागि रु एक करोड ३० लाख, मर्मत सम्भार कोषका लागि रु २५ लाख तथा दैवी प्रकोप कोषका लागि रु १५ लाख रकम विनियोजित भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!