कास्कीमामोटर चल्ने यी आठ पुल निर्माणाधीन

Posted on: 10 Sep, 2017

भदौ २५, पोखरा। कास्कीमा मोटर चल्ने आठ वटा पुल निर्माणाधीन छन् । 

आव २०७३/७४ को असार मसान्तसम्म दुई पुल भने बनिसकेका छन् । पोखराको बसपार्क र रामबजार जोड्ने सेती नदीमाथि बनेका चोर साँघु र शहरीचोकदेखि लेखसाइड जोड्ने फिर्के खोलामाथिको पुल बनी सवारी आवागमन शुरु भइसकेको जिल्ला समन्वय समिति कास्कीका जिल्ला इञ्जिनीयर नारायणप्रसाद बरालले जानकारी दिनुभयो । 

कास्कीका कालीखोला, सुरौदी खोला, हर्पन खोला, सार्दीखोला, रामदुवाली, काहुँखोला, इदीखोला र पात्सेखोलाका पुल निर्माणाधीन छन् । इ बरालका अनुसार ती सबै पुल निर्माणका लागि जिससले ठेकेदार सँग झण्डै रु २९ करोडको सम्झौता गरेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!