दाङको कुन-कुन स्थानीय तहमा कुन-कुन बैंक ?

Posted on: 10 Sep, 2017

भदौ २५, दाङ | अबको महिना दिनदेखि ६ महिनाभित्रमा दाङको थप चार गाउँपालिकामा वाणिज्य बैंकहरुको शाखा खुल्दैछ । 

सरकारले स्थानीय तहको सञ्चित कोषको रकम ‘क’ वर्गको बैक मार्फत परिचालन गर्नुपर्ने व्यवस्था गरेकाले स्थानीय तहमै बैंकको खाता खोल्न लागेको हो ।  सरकारले यही साउन १ गतेदेखि स्थानीय तहको सञ्चित कोषको रकम निकासा पठाउन थालेको छ । तर स्थानीय तहमा बैंक नहुँदा सदरमुकाम तथा सम्बन्धित स्थानीय तहबाट नजिक पर्ने बैंकबाट खाता सञ्चालन गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । 

७४४ स्थानीय तहमध्ये हालसम्म ३३२ स्थानीय तहमा मात्र बैंकका शाखा स्थापना भएका छन् । बाँकी ४१२ तहमध्ये पहिलो चरणमा २४४ स्थानीय तहमा बैंकको शाखा खोल्न वाणिज्य बैंकहरु सहमत भई कुन बैकले कहाँ शाखा खोल्ने निक्र्यौल भइसकेको छ । 

यसैबीच दाङ जिल्लाका ४ स्थानीय तहमा यी बैंकको शाखा खुल्ने भएका छन्:- 

सेन्चुरी कमर्सियल बैंक - राजपुर गाउँपालिका 

सेन्चुरी कमर्सियल बैंक - बंगलाचुली गाउँपालिका 

एनसिसि बैंक - दंगीशरण गाउँपालिका 

नेपाल इन्भेस्टमेन्ट बैंक - शान्तिनगर गाउँपालिका

यस बिषयमा तपाइको प्रतिक्रिया...!