सहकारी संस्थाको कारोबारलाई पारदर्शी र चुस्त दुरुस्त राख्न कार्यशाला

Posted on: 10 Sep, 2017

भदौ २५, तेह्रथुम | सहकारी संस्थाको कारोबारलाई पारदर्शी र चुस्त दुरुस्त राख्न तेह्रथुमको सक्रान्तिबजारमा तीन दिने सहकारी लेखा, शुशासन तथा ऋण व्यावस्थापन सम्बन्धी कार्यशाला गोष्ठी आज सम्पन्न भएको छ । 

कार्यशालामा सहकारीका खाता, लेखा सम्बन्धी कार्यलाई चुस्त–दुरुस्त बनाई सहकारीलाई शुशासन र पारदर्शी बनाउने विषयमा छलफल भएको श्रमकण बचत तथा ऋण सहकारी संस्था संक्रान्तिबजारका व्यावस्थापक याममणि बरालले बताउनुभयो । 

श्रमकण सहकारी संस्थाका पदाधिकारी, लेखा समिति तथा शेयर सदस्य सहभागी गोष्ठीमा मर्सिकोर नेपालका सहजकर्ता ऋषिराम गिरीले सहजीकरण गर्नुभयो । मर्सिकोर नेपालको सहयोगमा सञ्चालित गोष्ठी ऋमकण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सोमनाथ गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!