वर्षातको समयमा अवरुद्ध बैतडीका ग्रामीण सडक सञ्चालनमा

Posted on: 21 Sep, 2017

असोज ५, बैतडी । बैतडीको सुर्नया गाउँपालिका ५ का केशवबहादुर विष्टलाई गाउँमा सञ्चालन गरेको पसलमा सामग्री पु¥याउन हिजोआज निकै सजिलो भएको छ ।

वर्षातको समयमा अवरुद्ध भएको सतबाँझ–श्रीभावर सडक सञ्चालन भएपछि उनलाई सामग्री पु¥याउन सजिलो भएको हो । उनले भने, ‘वर्षात्को समयमा पसलमा सामग्री पु¥याउन निकै समस्या भएको थियो । सडक पनि अवरुद्ध थियो । भाडा बढी तिर्नुपर्दा सामग्री महंगो थियो । दसैंको मुखमा सडकमा गाडी चल्दा सजिलो भएको छ ।’

जिल्लाका कच्ची सडकमा गाडी चल्न थालेपछि दसैंका लागि घर फर्कने नागरिकलाई पनि सजिलो भएको छ । जिल्लामा रहेका झन्डै एक दर्जन कच्ची सडक भदौ दोस्रो सातादेखि सञ्चालनमा आएका महाकाली जीप काउन्टर सतबाँझका इन्चार्ज कर्णबहादुर पाण्डे (काजी) ले बताएका छन् । उनले भने, ‘वर्षात् रोकिएसँगै कच्ची सडकमा गाडी चल्न थालेका छन् । दसैंका लागि विभिन्न ठाउँमा जाने नागरिकलाई सजिलो भएको छ ।’

वर्षाको समयमा अवरुद्ध भएका जिल्लाका पाटन–पञ्चेश्वर, दुदिलाखान–गाँजरी, बिफ्याकटाल–ढुंगाड, ढोल्यामोड–हाट, श्रीभावर–कुवाकोट सडक सञ्चालनमा आएका

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले बताएका छन् । यस्तै सतबाँझ–श्रीभावर, देहीमान्डौं–गिरगडा, गोठलापानी–सेरा, सिल्लेगडा–कटौजपानी, अनारखोली–कैलपाल, मुस्याचोर–वसन्तपुर सडक सञ्चालनमा आएका उनले बताएका छन् ।

पाटन–पञ्चेश्वर र ढोल्यामोड–हाट सडकमा बस नै सञ्चालनमा आएका छन् भने अन्य ग्रामीण कच्ची सडकमा जिप सञ्चालन भइरहेको यातायात व्यवसायीले बताएका छन् ।

जिल्लाको पुरचौंडी क्षेत्र र तल्लोसोराड क्षेत्रमा गाडी सञ्चालनमा आएसँगै दसैंका लागि घर फर्कनेको लर्को लाग्ने गरेको छ । जिल्लाको पुरचौंडी क्षेत्र र तल्लोसोराड क्षेत्रमा गाडी सञ्चालनमा आएसँगै दसैंका लागि घर फर्कनेको लर्को लाग्ने गरेको छ । ढोल्यामोड–हाट सडक सञ्चालनमा आएपछि पुरचौडी नगरपालिकाको केन्द्र वसन्तपुर बजारमा सामग्री ढुवानीका लागि व्यापारीलाई सजिलो भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!