नवलपरासी बजारको सडकमा परेका खाल्ड मर्मतमा किन दिइएन चासो ?

Posted on: 22 Sep, 2017

असोज ६, नवलपरासी । नवलपरासीको सदरमुकाम परासी बजारको विभिन्न ठाउँमा सडक फुटेका छन् जसको मर्मत कार्य अझै हुन सकेको छैन । 


परासी बजारका मुख्य बुद्धचोक, महेसपुर चोक, बाईपास, झरहीखोला, नगरपालिका चोक, पोखरापाली र लोकतान्त्रिक लगायतका चोकहरुमा कालोपत्रे फुटेर खाल्टाखुल्टी भएका छन् तर यस तर्फ रामग्राम नगरपालिकाको ध्यान पुग्न सकेको छैन ।

रामगं्राम नगरपालिका भित्र पर्ने सदरमुकाम परासी बजारका यि चोक सहित विभिन्न ठाउँमा सडक फुटेपछि यात्रुहरुलाई निकै समस्या भएको गुनासो गरे । गत असारमा भएको भारी बर्षाले कमजोर बनेको सडकमा ठुलाठुला सवारी साधनहरु गुडेपछि सडक फुटेका हुन् । सडक फुटेको दुई महिना वितिसक्दापनि नगरपालिकाको ध्यान पुगेको छैन ।

थोरै फुटेका सडकमा नगरपालिकाको लापरवाहीले दिनप्रतिदिन सडक फुटदै गएको छ जसले बाटो हिलाम्मे हुनुका साथै सवारी साधन एवं पैदल यात्री समेतलाई सास्ती भैरहेको बताए । परासी बजारमा फुटेका सडकहरु मर्मतमा नगरपालिकाको ध्यान त पटक्कै पुगेको छैन यता भैरहवाँ र भुमही बाईपास सडक खण्डमा पनि विभिन्न ठाउँमा बाटो भत्केका छन् जसको मर्मत सम्भारमा सडक बोर्डको पनि रवैया यस्तै छ ।

परासीबासी भन्छन् यदि नगरपालिकालाई यस काममा फाईदा हुने भएको भए यि फुटेका सडकहरुको मर्मत फटाफट गर्दथ्यो तर यसमा खासै फाईदा नहुने हुँदा नगरपालिका चुपलागेर बसेको आरोप लगाए । 

जिल्लाको सबैभन्दा पुरानो एवं सदरमुकाम समेत रहेको नगरपालिकाको विकास त पर जाओस् बाटोको दुर्दशा र अव्यस्थित बजारले नगरपालिका कुरुप बन्दै गएको छ । नगरमा पार्किङ्ग, फुतपाते पसल व्यवस्थापन, बसपार्क, सरसफाई, धुँवाधुलो, हिलो लगायतका समस्याहरु यस्तै छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!