खोटाङको दिक्तेलमा दशैको किनमेल गर्नेको चाप वढ्दो

Posted on: 27 Sep, 2017

चिसाङ शेर्पा | असोज ११, खोटाङ | चाडपर्व नजिएकसंगै खोटाङको सदरमुकाम दिक्तेलमा किनमेल गर्ने सर्वसाधरणको चहलपहल अत्याधिक वढ्न थालेको छ । नेपालीहरुको महान चाड विजया दशमीका लागि किनमेल तथा आर्थिक कारोवार गर्न कपडा पसल, सुन पसल, बैंक, वित्तिय संस्था, बस टिकट काउण्टरमा मानिसहरुको वाक्लो भिड बढेको हो । 

दशैमा नयाँ कपडा, गरगहना तथा घरहरुमा रंगरोगन लगाउँन आवाश्यक सामाग्री किनमेलका लागि वालवालिका, युवायुवती, बृद्धबृद्धाहरुको दिक्तेलमा बाक्लो उपस्थिती भएको हो ।


टंक स्टोर दिक्तेलका प्रोपाईटर टंक प्रसाद आचार्यका अनुसार गतवर्षको तुलनामा यसवर्षको दशैमा ३० प्रतिशतले कपडा व्यापारमा बृद्धि भएको छ । २/३ दिन मौसमले व्यापारमा प्रभाव पारे पनी आईतवारयता सोचेभन्दा धेरै व्यापार भएको छ ।

सुन पसलहरुमा ग्राहकको वाक्लो भिड लागेका तथा गरगहना सन्तोषजनकरुपमा व्यापार, व्यवसाय भईरहेको शरद ज्वेलरी दिक्तेलका संञ्चालक सबु शंकले बताईन् । शंकरका अनुसार गतवर्षको तुलनामा यो वर्ष गरगहना विक्री वितरणमा सन्तुष्ट भएको बताए ।

दशैमा गरगहना, कपडा विक्री वितरणमा ग्राहकको संख्या वढेपनी ईलेक्ट्रोनिक्स सामग्री खरिदमा ग्राहक नभएको मनोज ईलेक्ट्रोनिक्स दिक्तेल रत्नपार्कका प्रोपाईटर मनोज राईले जानकारी दिनुभयो । नगरपालिका, गाउँपालिका कायम भएपछि व्यापार मन्द भएको उहाँको भनाई छ । 

नगरपालिका, गाउँपालिका कायम भएपछि गत साउनदेखी दिक्तेलमा चाडपर्वका अलवा व्यापार व्यवसाय खस्कदै गएको व्यापारीहरुको भनाई  छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!