सडक सञ्जालमा कहिले जोडिएला दार्चुलाको लेकम गाउँपालीका ?

Posted on: 05 Oct, 2017

लोकेन्द्र प्रशाद जोशी/असोज १९, दार्चुला । दार्चुला जिल्लाको दक्षिणि क्षेत्रमा पर्ने लेकम गाउँपालीका अहिलेसम्मपनि कुनै किसिमको सडक सञ्जालमा नजोडिएको गाउँपालीका हो । 


सडक समस्याका कारण यहाँका नागरीकहरुले बिभिन्न काममा सास्तीमात्र छैन, सडक अभाबकै कारण सम्पुर्ण बिकास निमार्णका कामहरुमा लेकम गाउँपालीका पछि परेको छ । लामो समयदेखी सडक यातायातको प्रतिक्षामा रहेका नागरीकहरुले गाउँपालीकालगायत सम्बन्धीत पक्षले सडक निमार्णमा जोड दिनुपर्ने माग राखीरहेका छन ।

लेकम गाउँपालीका जोड्ने ऐरिछाना धनथला क्षेत्रिय पर्यटन सडक निमार्णकार्य सुरु भएको लामो समयसम्म समेत निमार्ण गतिमा तिब्रता नहुदा हालसम्मपनि लेकम गाउँपालीका क्षेत्रमा सडकको पहुच पुग्न नसकेको हो । बिगत लामो समयदेखी बिबादका कारण सर्बेकार्य समेत रोकीएको यो सडकखन्डको गाउँपालीकाको समन्वयमा अहिले सर्बे गरीएको छ । 

सर्मोली र खरकडा दुबै क्षेत्रका स्थानियहरुले आआफ्नो क्षेत्रबाट सडक जानुपर्ने जोडदार माग राखेपछि सर्बेकार्य समेत प्रभाबित बनेको थियो । पछिल्लो समय गाउँपालीकाले दुबै क्षेत्रभएर दुइ खन्डमा संगै सडक बिस्तारकालागी पहल गर्ने आश्वासन दिएपछि सर्बेकार्य अगाडि बढीरहेको छ । तत्काल १० किलोमिटर सडक सर्बेको काम भइरहेको लेकम गाउँपालीका अध्यक्ष प्रमानन्द जोशीले जानकारी दिनुभयो ।

देश संघिय संरचनामा गएपश्चात स्थानिय तह निर्बाचन भएर गाउँपालीकामा स्थानिय सरकारको गठन भएको छ । अधिकासं स्थानिय तहले चालु आर्थीक बर्षमा कार्यान्वयन गर्ने बजेट तथा कार्यक्रम समेत निमार्ण गरेर सार्बजनिक गरीसकेका छन । 

लेकम गाउँपालीकाले समेत गाउँपालीकाको पहिलो अबिधेशनबाटै निति तथा कार्यक्रमहरुमा सडक निमार्णलाइ प्रार्थमिकतामा राखेर २ करोड ३० लाख रुपैया बजेट बिनियोजन गरेको अध्यक्ष जोशीले बताउँनुभयो । उक्त बजेटबाट एउटा सडक खन्ने मेसिन खरीद गरीने र बाकी रकमबाट सबै वडा कार्यालयमा यातायात पहुच हुनेगरी गोकुलेश्वरदेखी उचाकोट, खरकडा हुदै लालीसम्म जोड्ने सडक निमार्णको काम अगाडि बढाउँने जोशीको भनाइ छ ।

पक्कैपनि दृढइच्छासक्तिका साथ सडक सञ्जालको बिस्तार गर्ने योजनाहरुमा तिब्रता दिन सकिने हो भने गाउँपालीकाका प्रतेक वडासम्म छिटै यातायात पुग्नेछ । र यहाका बिकास निमार्णका कामहरुमा तिब्रता देखी आम नागरीकहरुले यातायात अभाबमा भोग्नुपरेका समस्या समाधान हुनेछन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!