बैतडीबासीहरुलाई खुशीको खबर, सरकारले ल्यायो यस्तो योजना

Posted on: 05 Oct, 2017

असोज १९, बैतडी । बैतडीका साविकका थप छवटा गाविसमा जनता आवास कार्यक्रम विस्तार हुने भएको छ । 

साविकका पञ्चेश्वर, कोटपेटरा, रौलेश्वर, गिरेगडा, मठैराज र गुरुखोला गाविसमा जनता आवास कार्यक्रम विस्तार हुने शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय बैतडीका प्रमुख प्रवीण शाहले बताउनुभयो । 

यसअघि जिल्लाका साविकका १५ वटा गाविसमा कार्यक्रम सञ्चालनमा रहेको र ती ठाउँमा पनि कार्यक्रमले निरन्तरता पाउने शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “जनता आवास समन्वय समितिको बैठकले छ ठाउँमा कार्यक्रम विस्तार गर्ने निर्णय गरेको छ ।” 

जनता आवास कार्यक्रम सञ्चालन भएका ठाउँमा अतिविपन्न, गरिब तथा असहाय दलित समुदायका परिवारको घर निर्माण गरिने छ । 

जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माणका लागि सम्बन्धित व्यक्तिको नाममा जग्गा भने अनिवार्य रुपमा हुनुपर्नेछ । घर जीर्ण भएका, घर नै नभएका, परिवार संख्या ठूलो भएका नागरिकलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने कार्यालय प्रमुख शाहले जानकारी दिनुभयो । 

जनता आवास कार्यक्रमअन्तर्गत कार्यक्रम सञ्चालन गर्नका लागि सूचना प्रकाशन गरेर आवदेन आह्वान गरिने छ । 

जनता आवास कार्यक्रम थप पाँच गाविसमा सञ्चालन हुने भएपछि त्यस ठाउँमा अतिविपन्न, गरिब तथा असहाय दलित समुदायलाई सजिलो हुने विश्वास गरिएको छ । योसँगै बैतडीमा साविकका २१ गाविसमा जनता आवास कार्यक्रम सञ्चालन हुने भएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!