दुबई, कतार, साउदी, मलेसिया लगायत देशहरुको पैसाको भाउ थाहा पाउनुहोस्

Posted on: 08 Oct, 2017

असोज २२, काठमाडौँ | बिभिन्न देशको विनिमय दर र नेपाली रुपैया दैनिक फरक -फरक हुने गर्दछ । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दरको कारोबारको सुपरिवेक्षण निर्धारण गर्दछ ।

विनिमय दर भन्नाले एउटा मुद्राको अर्को मुद्रामा विनियम (खरिद/बिक्रि) गर्दा प्रयोग हुने दरलाई बुझाउँदछ । 

आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार १ अमेरिकी डलर बराबर १०४ रुपयाँ ३१ पैसा खरिददर तोकिएको छ भने बिक्रीदर १०४.९१ तोकिएको छ । 

त्यस्तै युरोपियन यूरोको खरिददर १ युरो बराबर १२२.१२ र बिक्रीदर १२२.८३ रहेको छ  । 

त्यस्तै साउदी अरवको १ रियाल बराबर खरिददर २७.८१ र बिक्रीदर २७.९७ रुपैया छ । त्यसैगरि आज १ कतारी रियाल बराबर खरिददर २८.६५ र बिक्रीदर २८.८१ तोकिएको छ । त्यसैगरी आज १ UAE दिराम बराबर खरिददर २८.४० र बिक्रीदर २८.५६ तोकिएको छ । 

त्यसै गरि आज १ मलेसियन रिंगिट बराबर नेपालमा खरिददर २४.६२ छ भने बिक्रीदर २४.७६ रहेको छ  ।

आजको मुद्राको दर तलको स्क्रिनसटमा पनि हेर्न सक्नुहुन्छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!