तम्फुला सहकारीको छैठौँ साधारण सभा सम्पन्न

Posted on: 11 Oct, 2017


असोज २५, तेह्रथुम । तेह्रथुमको म्याङलुङ्ग नगरपालिकामा रहेको तम्फुला बचत तथा ऋण सहकारी संस्थाको छैठाँै वार्षिक साधारण सम्पन्न भएको छ ।

सभाले आर्थिक वर्ष २०७३/०७४ को ५४ लाख २२ हजार १ सय ९३ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन तथा चालु आर्थिक वर्षका लागि ९६ लाख ६७ हजार रुपैयाँ बराबरको प्रस्तावित बजेट पास गरेको छ । 

तत्कालिन म्याङलुङ्ग र तम्फुला गाउँका ५ सय २५ घरधुरीका ६ सय १६ जना शेयर सदस्यहरु आवद्ध सहकारीको नियमित बचत २० लाख ७९ हजार पुगेको छ । अघिल्लो वर्ष भन्दा यो वर्ष संस्थाको कारोबार दोब्बरले बढेको सहकारीका अध्यक्ष लोकेन्द्र लिम्बुले बताउनुभयो । आर्थिक वर्ष २०७२÷०७३ मा संस्थाको कारोबार २२ लाख ६४ हजार८ सय ५३  रुपैयाँ मात्रै रहेको थियो । 


साधारण सभाको अवसरमा सहकारी संस्थासँग सम्बद्ध रहेका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि सहित ९ जनालाई सम्मान समेत गरिएको छ । सहकारीको सेयर सदस्य समेत रहनुभएका म्याङलुङ्ग नगरपालिकाका मेयर सन्जयकुमार तुम्बाहाम्फे, उपमेयर पार्वती सानु डाँगी, वडा नं. १० का अध्यक्ष होमबहादुर खापुङ, सदस्यहरु अगम बहादुर तामाङ र ललिता तुम्बाहाम्फेलाई सम्मान पत्रसहित खादा ओढाएर सम्मान गरिएको छ । 

यस्तै सहकारीमा उत्कृष्ट बचत गर्ने यामकुमार श्रेष्ठ, असल ऋणी तिलमाया सार्की, उत्कृष्ट शेयरकर्ता विमला नेपाल र उत्कृष्ट समुहको रुपमा नुमाफुङ समुह पुरस्कृत भएका छन् । 


सभामा संस्थाका सचिव विरबहादुर सुवेदीले सांगठनिक र लेखा समिति संयोजक आकाश विश्वकर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । म्याङलुङ्ग नगरपालिकाका उपमेयर पार्वती सानु डाँगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम सहकारीका अध्यक्ष लोकेन्द्र लिम्बुको अध्यक्षतामा सम्पन्न भएको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!