यी हुन् ७ प्रदेशका ५७ पिछडिएका स्थानीय तह (सुची सहित)

Posted on: 12 Oct, 2017

असोज २६, काठमाडौँ | सरकारले प्रदेशगत रुपमा पिछडिएको क्षेत्र तोकेको छ, जसमा ५७ स्थानीय तह परेका छन् ।

प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७४ अनुसार हरेक प्रदेशको समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउँदा पिछडिएको क्षेत्रलाई जनसंख्याका आधारमा समेट्नुपर्छ ।

साथै दलहरुले पाएको सिटमा महिला, समावेशी समूहसँगै अल्पसंख्यक तथा पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व गराउनुपर्छ । आयोगले सिट घोषणा गर्दा नै यसको संख्या तोकिनेछ ।

हरेक प्रदेशमा अल्पसंख्यक तथा पिछडिएको क्षेत्रको जनसंख्याको प्रतिशत फरक-फरक छ । प्रदेश १ र २ मा अल्पसंख्यकको जनसंख्या धेरै छ भने पिछडिएको क्षेत्र थोरै छ । तर, प्रदेश ६ र ७ मा पिछडिएको क्षेत्र धेरै छ भने अल्पसंख्यक कम छन् ।

कुन कुन हुन् पिछडिएको स्थानीय तहहरु ?

सरकारले देशभरका ५७ स्थानीय तहलाई पिछडिएको क्षेत्र घोषणा गरेको छ । 

प्रदेश १ 

१. संखुवासभा - भोटेखोला गाउँपालिका 

२. पाँचथर - तुम्वेवा गाउँपालिका 

प्रदेश २ 

३. सर्लाही - धनकौल गाउँपालिका 

४. सर्लाही - बसबरिया गाउँपालिका

५. सर्लाही - बिष्णु गाउँपालिका

६. रौतहट - राजपुर नगरपालिका 

प्रदेश ३ 

७. सिन्धुली - हरीहरपुरगढी गाउँपालिका

८. सिन्धुली - मरिण गाउँपालिका

प्रदेश ४ 

९. मुस्ताङ - लोमान्थाङ गाउँपालिका

प्रदेश ५

१०. बाँके - तरैनापुर गाउँपालिका

प्रदेश ६ 

यस स्थानीय तहमा  ३० वटा स्थानीय तह सबैभन्दा पिछडिएको क्षेत्रको सुचिमा परेका छन् । 

११. डोल्पा - डोल्पो बुद्ध गाउँपालिका 

१२. डोल्पा - शे - फोक्सुण्डो गाउँपालिका 

१३. डोल्पा - छार्का ताङसोङ गाउँपालिका   

१४. दैलेख - भैरवी गाउँपालिका 

१५. कालिकोट - माहाबै गाउँपालिका 

१६. जाजरकोट - जुनिचांदे गाउँपालिका 

१७. जाजरकोट - बारेकोट गाउँपालिका 

१८. दैलेख - चामुण्डा बिन्दासैनी नगरपालिका 

१९. मुगु - मुगु कोमरोंग गाउँपालिका 

२०. हुम्ला - सार्केगाढ गाउँपालिका 

२१. सल्यान - दार्मा गाउँपालिका 

२२. हुम्ला - चर्खेली गाउँपालिका  

२३. कालिकोट - पलाता गाउँपालिका  

२४. सल्यान - कुमाख्रमालिका गाउँपालिका  

२५. कालिकोट - नरहरीनाथ नगरपालिका 

२६. हुम्ला - अदानचुली गाउँपालिका  

२७. दैलेख - आठबिस नगरपालिका  

२८. दैलेख - ठाटीकाँध गाउँपालिका 

२९. हुम्ला - ताजाकोट गाउँपालिका  

३०. जाजरकोट - कुसे गाउँपालिका 

३१. सुर्खेत - चौकुने गाउँपालिका  

३२. जाजरकोट - शिवालय गाउँपालिका  

३३. सल्यान - बनगाड कुपिन्ड़े नगरपालिका 

३४. जाजरकोट - छेडागाड नगरपालिका 

३५. दैलेख - दुल्लु नगरपालिका 

३६. रुकुम - पुथा उत्तरगङ्गा गाउँपालिका 

३७. सुर्खेत - बराहताल गाउँपालिका 

३८. सल्यान - कालिमाटी गाउँपालिका 

३९. डोल्पा - मुड्केचुला गाउँपालिका 

४०. कालिकोट - कालिका गाउँपालिका 

प्रदेश ७ 

यो प्रदेश अन्तर्गत १७ वटा स्थानीय तह पिछडिएको क्षेत्रमा परेका छन् ।

४१. बझांग - काँडा गाउँपालिका  

४२. अछाम - कमलबजार गाउँपालिका  

४३. अछाम - ढकारी गाउँपालिका 

४४. बझांग - यीत्थङचिर  गाउँपालिका 

४५. बाजुरा - हिमाली  गाउँपालिका 

४६. अछाम - तुर्माखांद  गाउँपालिका  

४७. बझांग - सुरमा  गाउँपालिका  

४८. बझांग - केदारस्यु  गाउँपालिका  

४९. कैलाली - मोहन्याल  गाउँपालिका  

५०. बझांग - बुंगल नगरपालिका 

५१. बैतडी - शिवनाथ  गाउँपालिका  

५२. बाजुरा - स्वामीकार्तिक  गाउँपालिका  

५३. डोटी - आदर्श  गाउँपालिका  

५४. डोटी - पूर्वीचौकी  गाउँपालिका  

५५. बझांग - दुर्गाथाली  गाउँपालिका  

५६. अछाम - पंचदेवल विनाव नगरपालिका 

५७. अछाम - चौरपाटी  गाउँपालिका  

यस बिषयमा तपाइको प्रतिक्रिया...!