संसारको सवैभन्दा महंगो मुद्रा दोलखामा बन्ने गरेको खुलाशा

Posted on: 13 Oct, 2017

असोज २३, काठमाडौँ । संसारकै सवैभन्दा महंगो भर्चुअल मुद्रा बिटक्वाइन दोलखा जिल्लामा बन्ने गरेको खुलाशा भएको छ । नेपालमा विट क्वाइन कारोबारी रहेको भन्दै सचेत रहन राष्ट्र बैंकले सूचना जारी गरेपछि सिआइबीले अनुसन्धान सुरु गर्दा दोलखामा मुद्रा बन्ने गरेको खुलेको हो ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआइवी)ले पक्राउ गरेका काठमाडौं भाटभटेनीका प्रशान्त प्रताप शाहले हंङ्कङवाट विटक्वाइन उत्पादन (माइनिङ) गर्ने मेसिन नेपाल मगाएर यसको उत्पादन गरेको खुलेको छ । पक्राउ परेका शाहले दोलखाको किर्नेटारस्थित खिम्ती जलविद्युत आयोजना नजिकै भिम बहादुर श्रेष्ठको घरमा कोठा भाडामा लिइ बिटक्वाइन उत्पादन (माइनिङ) गर्ने गरेको खुलाशा भएको हो । प्रशान्त प्रताप शाह अमेरिकामा इलेक्ट्रिकल इन्जिनियरिङ गरेका व्यक्ति हुन् ।

सिआइवीले शाहको कोठामा छापा मारी विटक्वाइन माइनिङ गर्न प्रयोग हुने सामाग्री समेत बरामद गरेको छ । साहको कोठाबाट बिटक्वाइनको माइनिङ गर्न प्रयोग हुने विटमेन माइनर २६ थान, विटम्यान पावर सप्लाई १५ थान, इन्टरनेट राउटर १ थान, भिडियो रेकर्डर १ थान, ल्यापटप १ थान लगायतका सामान बरामद गरेको हो ।

बिटक्वाइन अबैध मुद्रा हो । यसको कारोबारी अबैध मानिन्छ । संसार भरीको भौतिक मुद्रा सम्बन्धित देशका सरकारहरूले निर्माण गर्छन् भने यस्ता मुद्रा अभौतिक हुने हुँदा सरकारले नभई अबैध ढंगबाट निर्माण हुने गर्दछ । ओपनसोर्स सफ्टवेयरमा आधारित हुने यस्तो मुद्रालाई क्रिप्टोकरेन्सी भनिन्छ । यो एक-एक विश्वव्यापी डिजिटल भुक्तानी प्रणाली हो । 

नेपालीसँग ४० अर्बको बिटक्वाइन 

राष्ट्र बैंकको अनुसन्धान अनुसार नेपालमा १० हजार नेपालीसँग बिटक्वाइन छ । एक नेपालीसँग औसत १० बिटक्वाइन भएको अनुमान गर्दा प्रतिक्वाइन तीन लाख ८८ हजार रुपैयाँको दरले कुल मूल्य करिब ४० अर्ब रुपैयाँ हुन्छ । 

राष्ट्र बैंकको अनुसन्धानले जनाए अनुसार १० हजार नेपालीसँग अवैध बिटक्वाइन छ ।  व्यापारी र हुन्डी कारोबारीसँगै सरकारी उच्च अधिकारीले पनि बिटक्वाइन किनेर राखेको राष्ट्र बैंकले प्रारम्भिक जानकारी प्राप्त गरेको जनाएको छ ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले गत २९ साउनमा नेपालमा बिटक्वाइनलगायत क्रिप्टोकरेन्सीहरू चलाउनु गैरकानुनी रहेको सूचना निकालेको थियो । 

नेपालमा बिटक्वाइनको प्रयोग किन हुन्छ ? 

नेपालबाट स्थायी रूपमा विदेश जानेहरूले नेपालबाट विदेशमा पैसा लान पाउँदैनन् तर बिटक्वाइनको माध्यमबाट नेपालबाट त्यस्ता सम्पति विदेश लाने गरिएको छ । नेपालीले विदेश जाँदा अधिकतम ५ हजार डलर मात्रै लैजान पाउँने नियम छ । जब ५ हजार डलर भन्दा बढी सम्पति हुनेहरुले आफ्नो सम्पति विदेश लैजान डिजिटल माध्यम खोज्दा यो पहिलो रोजाई हुन्छ ।  बिटक्वाइनको प्रयोगबाट देशको अर्थतन्त्रमा घाटा हुने हुँदा यसलाई नेपालले समेत अबैध मान्छ तर भित्र-भित्रै यस्ता कारोवार हुने गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!