फेदाप पोक्लाबाङ मेलाको तयारी पुरा

Posted on: 13 Oct, 2017

असोज २७, तेह्रथुम | तेह्रथुमको फेदाप गाउँपालिकाको केन्द्र पोक्लाबाङमा दिपावलीको अवसरमा सन्चालन हुने फेदाप पोक्लाबाङ मेलाको सम्पुर्ण तयारी पुरा भएको छ । मेलाको सम्पुर्ण तयारी पुरा भएको आयोजक पोक्लाबाङ बजार सरसफाई तथा व्यवस्थापन समितिका अध्यक्ष चिरिन्जीवी खनालले बताउनुभयो । 

मेलाको अवसरमा सन्चालन हुने खुला पुरुष फुटबल र भलिबल प्रतियोगिता भोलिबाट सुरु हुदैछन् । दुवै प्रतियोगिताका लागि नाम दर्ता गराउने समय समेत भोलि दिउँसो १२ बजेसम्मका लागि थप गरिएको आयोजक अध्यक्ष खनालले बताउनुभयो । भोलि नै खेलतालिका तयार गरी प्रतियोगिता सुरु हुनेछ । गएको करिब साढे दुई दशक अघि देखि लाग्दै आएको मेलाको अवसरमा आयोजित फुटबल प्रतियोगितामा विजयी हुनेले नगद १ लाख र उपविजेताले ५० रुपैयाँ प्राप्त गर्नेछ । 

यस्तै भलिबल तर्फ विजयीले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!