सल्यानमा सृजनशिल शाखा स्थापना

Posted on: 14 Oct, 2017

असोज २८, सल्यान | नागरिकले सजिलै संग सूचना प्राप्त गरुन् भन्ने उद्देश्यले सल्यानको कपुरकोटमा सृजनशिल शाखा स्थापना गरिएको छ । र सृजनशिल शाखालाइ एक थान टेस्कटप कम्प्युटर पनि हस्तान्तरण गरिएको छ ।

हरप्लेस सल्यानले स्थापना गरेको सृजनशिल शाखामा हरप्लेसका कार्यकारि निर्देशक टोप बहादुर खड्काले कम्युटर, टेबुल लगाएतका सामाग्री कपुरकोट गाउापालिका वडा नम्बर ३ का वडा अध्यक्ष मिन बहादुर सेनलाइ हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गर्दै उनले सृजनशिल शाखा स्थानीय सवालहरुमा छलफल गर्ने केन्द्र बन्नुपर्ने र यसैबाट विभिन्न क्षेत्रका समस्याको समाधान खोजिनुपर्ने बताए ।

यस्तै हरप्लेसका दिपेन्द्र शाहिले संचालन गरेको कार्यक्रममा प्रोजेक्ट म्यानेजर टेक रानाले सृजनशिल शाखामा जो कोहि नागरिक पनि गएर इन्टरनेटको माध्ययमबाट चाहिएको सूचना प्राप्त गर्न सक्ने भएकाले यसलाइ प्रवद्र्धन गर्न र प्रभावकारि बनाउन सबैको चासो रहनुपर्नेमा जोड दिएका थिए । सात वटा जिल्लामा काम गरिरहेको हरप्लेसले सल्यानको कपुरकोटमा मात्रै सृजनशिल शाखा स्थापना गरेको हो ।

सामग्री बुझ्दै वडा अध्यक्ष मिन बहादुर सेनले शाखालाइ प्रभावकारि बनाइने प्रतिवद्धता जनाए । कार्यक्रममा पत्रकार महासंघ सल्यानका सचिव शंकर के सी, वडा सचिव टुकाराम ओलि, गाउँ स्वास्थ्य कार्यालयका पुष्पजंग मल्ल, साना किसान सहकारि संस्थाका जित प्रसाद आचार्य लगाएतकाको सहभागीता थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!