टेलिकमका हाकिम र लेखापालको कुर्ची उल्टाईयो

Posted on: 15 Oct, 2017

असोज २९, पर्बत | अखिल ट्रेड युनियन महासंघ जिल्ला शाखा पर्वतले नेपाल टेलिकम पर्वतका निमित्त प्रमुख केशब भुषाल र लेखापालको कुर्ची उल्टाएर विरोध जनाएको छ ।

 विगत ८ बर्षदेखि निरन्तर नेपाल टेलिकम पर्वतमा कार्यरत कर्मचारीलाई विना कारण सरुवा गरी आफ्नो नातेदार राख्नको लागि टेलिकमका निमित्त प्रमुख केशब भुषाल र बाग्लुङ्ग टेलिकमका प्रमुख केशव शर्माको मिलेमतोमा कर्मचारी निकाल्ने योजना बनाएको भन्दै पहिलो चरणको आन्दोलन स्वरुप आईतबार पर्वत टेलीकमका हाकीमको कुर्सी उल्टाएर विरोध गरेको छ ।

 ट्रेड युनियनले विज्ञप्ती जारी गर्दै कर्मचारीमाथि विनाकारण सरुवा र आफ्नो गुलाम बनाउन खोजेको आरोप लगाएको छ । विज्ञप्तीमा लामोसमय कार्यालय प्रमुख विहिन बनाइ आफ्नो मौनमोजीले कार्यालय संचालन गरेको समेत निमिक्त भुषालमाथि आरोप लगाइएको छ । साथै काम गर्ने क्रममा दबाब दिने र व्यक्तिगत रिसिबीमा सरुवा गर्ने परिपाटी रहेको समेत महासंघले जनाएको छ ।       

महासंघका सचिव प्रेम शर्मा र कोषाध्यक्ष माया नेपालीको संयुक्त हस्ताक्षर रहेको उक्त विज्ञप्ती सो कार्य निन्दनिय भएकोले तत्काल सच्याउन माग गरेको छ । महासंघले सो कार्य यथासक्दो छिटो रोकिएन भने आफूहरुले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । यसैबिच महासंघले विभिन्न माग राखेको छ । न्यून ज्यालाको अन्त्य २५ हजार सम्म हुनुपर्ने, आठ घण्टा बढि काम लगाउन नपाइने, लगाएको खण्डमा ओभर टाइमको व्यवस्था मिलाउनुपर्ने, लुगाभत्ता, विमाको व्यवस्था मिलाउनुपर्ने लगायतका माग राखेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!