८८ किलो सुन प्रकरणमा नेपाल-केरुङ व्यापार संघका अध्यक्ष तथा कांग्रेस उम्मेदवार पक्राउ

Posted on: 16 Oct, 2017

असोज ३०, काठमाडौं । नेपाल-केरुङ व्यापार संघका अध्यक्ष मानबहादुर तामाङलाई ८८ किलो सुन प्रकरणमा पक्राउ गरिएको छ ।

आइतबार नेपाली कांग्रेसको समानुपातिक उम्मेदवारको सूचीमा समेत परेका उनलाई ८८ किलो सुन तस्करी प्रकरणको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले तामाङ्गलाई आज काठमाडौंको स्वयंभूबाट पक्राउ गरेको हो । पक्राउ परेका तामाङ रसुवाका हुन् । 

उनलाई कांग्रेसले आगामी प्रनिनिधि सभा निर्वाचनका लागि समानुपातिक सूचीमा राखेको छ । गत भदौ १९ गते काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुन प्रहरीले बरामद गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!