प्युठानको सरुमारानीमा कपडा उद्योग सञ्चालन

Posted on: 16 Oct, 2017

असोज ३०,  प्युठान । जिल्लाको सरुमारानीमा कपडा उद्योग सञ्चालनमा आएको छ । पुराना काम नलाग्ने कपडालाई पुनःप्रयोगमा ल्याउन पहिलो पटक यहाँ उद्योग सञ्चालनमा आएको हो ।

काम नलाग्ने पुराना कपडाबाट कपास (कपडाबाट बनेको नयाँ कपास) बनाउने उद्योग बांकेका गोबिन्द बुढाले सञ्चालनमा ल्याएका  हुन। प्रयोग गरेर काम नलाग्ने अवस्थामा पुगेका पुराना कपडालाई ‘कार्डेन मेसिन’को सहयोगले नयाँ कपास बनाएर पुनः कपडा बनाउन सकिने सञ्चालक बुढाको भनाइ छ । 


उक्त कपासबाट नयाँ सिरक, डस्ना, तकियालगायतका नयाँ कपडा बनाउने गरिएको छ । ‘उच्च प्रविधिबाट पुराना कपडालाई कपास उत्पादन गरी नयाँ कपडा बनाउँदा सस्तो र खेर गएका कपडा प्रयोगमा आएपछि सेवाग्राही खुसी भएका छन् । ’ उनले भने- ‘उद्योगले बजार पाउनुका साथै आठ जनाले रोजगारीसमेत पाएका छन ।’ ७ लाख रुपैया लगानीबाट सुरु गरेको उक्त उद्योगबाट प्रती महिना ६० हजार रुपैया आम्दानी हुने उनले बताए।उद्योग संचालनमा आए देखि पुराना कपडाबाट नयाँ बनाउनेहरुको दिनहुँ यहाँ भीड लाग्ने गरेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!