तिहारमा पलास्टिकका मालाले वजार सजायो

Posted on: 16 Oct, 2017


माधव बेल्वासे | असोज ३०, (चन्द्रौटा) कपिलवस्तु | सडकका छेउछाउमा रहेका घरहरु छिलिमिली देखिन्छन । तिहार नजिकिए सगै व्यापार गर्न आउनेहरुको सख्या पनि वढदो छ । सडकको किनारमा व्यापारीहरु पलास्टिकका माला लिएर व्यापार गरिरहेका छन, टाढावाट हेर्दा सजिएको मालाले वजारको मुहार नै फेरीएको छ । चाडपर्व नजिकिएसगै व्यापार भर्न आउनेहरु पनि वढि देखिन्छन । वजारमा भिडभाड रहेको हुन्छ कतिपय गाडिहरु पनि सजिएर चलेका छन । 

यसै अवशरमा कतिपय पसलहरुमा तिहारका देउसि भैलोका गितहरु गन्जिरहेका छन ।साझ पख सवैको घरमा झिलिमिलि छाएको छ ।उता तिहारमा कपडा मिठाईको व्यापार पनि वढेको छ । तिहारमा दाजुभाई टिका लगाइदिएपछि मिठाई खान दिने र कपडा दिने चलन रहेको हुदा व्यापार वढेको व्यापारिहरु वताउछन ।

फूलको पर्वले परिचित तिहारमा फूलकै अभाव भएको देखिएको छ । पछिल्लो समयमा घरगाउमा समेत फुल छैन ।ढकमक्क फुल्ने सयपत्रि र मखमली फुल लोपन्मुख वन्दै गएको छ । भाइटीकाको दिन चेलीबाट निधारमा सप्तरङ्गी टीका र गलाभरि माला पहिरिएर हिड्दा तिहार फूलकै पर्व हो भन्ने गरिएपनि अहिले फुलको विकल्पको रुपमा पलास्टिकका माला वजारमा आएका छन । सयपत्रिको विकल्पमा प्लास्टिकको माला प्रगोग गर्ने क्रम वर्षेनी बढ्दो छ ।गाउघरका करेसावारी तथा अन्य ठाउमा ढकमक्क फुल्ने सयपत्रि फूल अहिले दखिन छाडेको छ ।

पहिला व्यापारीहरु पनि गाउघरमा पुगेर फुलका माला ल्याउने गर्दथे तर अहिले कतै  नपाइने भएकोले पलस्टिकका माला ल्याउने गर्दछन । अहिले तिहारलाई लक्षीत गरी ब्यापारीहरुले प्लास्टीकका माला भारतबाट ल्याएका छन् । जिल्लाको तौलिहवा, कृष्णनगर, चन्द्रौटा लगायतका बजार तथा जिल्लाका बिभिन्न स्थानमा लाग्ने साप्ताहिक हाट बजारमा रंगीचंगी प्लाटिकका कृत्रिम मालाहरु बेच्नका लागि राखिएका छन् । तिहारमा भाडाकुडा, बिभिन्न रंग,ओकर लगायतको कारोवारमा समेत बृद्धि भएको ब्यापारीहरु बताउन् । अन्य समय भन्दा अहिले बजारमा भाडाको ब्यापार बढेको हो ।अरु समयमा फाटफुट मात्र ब्यापार हुने तौलिहवा, कृष्णनगर, चन्द्रौटा लागायतका बजारहरुमा माला तथा भाडाका पसलमा निकै भीडभाड बढेको देखिन्छ । कपिलवस्तु चन्द्रौटाका व्यापारी विजय कसैधनले फुलको माग वढेपनि पाइन छोडेकाले पलास्टिकका माला ल्याएको वताए । कशौधनले भने “माग वढेपनि फुल पाइदैन त्यसैले पलास्टिकै माला खरिद गर्छौ”

वजारका थुप्रै पसलमा प्लास्टिकका माला झुन्डिएको देखिन्छ । त्यस्तै अर्का व्यवसायी दिनेश गुप्ताले  पनि तिहारका लागि प्लास्टिकको माला ल्याइ्इसकेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!