बैतडीको सुर्काल सडकले छोट्यायो स्वराडको दुरी

Posted on: 17 Oct, 2017


नरी बडु | असोज ३१, बैतडी | जिल्लाको दुर्गम मानिने स्वराड क्षेत्रको दुरी देहिमाण्डौँ– सुर्काल– दुर्गास्थान हुदै सलेना जाने सडकले छोट्याएको छ । यस अघि जिल्लाको सदरमुकामबाट पाटन हुदै सलेना पुग्ने यात्रुहरुलाई उक्त सडकले सहज भएको छ ।

जिल्ला सदरमुकामबाट ६० किलोमिटर दुरी यात्रा गरेर सलेना पुग्ने यात्रुहरुले अब २३ किलोमिटरमा नै सलेना पुग्न सक्ने छन् ।

देहिमाण्डौँ, कुमालीगाड, सुर्काल, दुर्गास्थान हुदै निकै कम समयमा सलेना पुग्न सकिने स्थानीय समाजसेवि माहादेव बडुले बताउनुभयो ।

सडकमा आएको पहिरो र विभिन्न अबरोधहरुलाई हटाईएपछि अब असिमीकेदार लगायतका विभिन्न पर्यटकिय क्षेत्रको अवलोकन सहित ३७ किलोमिटर कम दुरीमा सलेना पुग्न सकिने बडुको भनाई छ ।

दशरथचन्द नगरपालिका– ७ का वडा अध्यक्ष चक्रप्रसाद शर्माको पहलमा स्थानीयले सडकको अबरोध हटाएपछि अब नियमित रुपमा गाडी संचालन भएको स्थानीय हरीसप्रसाद  बडुले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!