आज सुनचाँदीको मूल्य घट्यो, कति छ मूल्य ?

Posted on: 18 Oct, 2017

कात्तिक १, काठमाडौं | तिहार सुरु भएलगत्तै लक्ष्मी पूजाको अघिल्लो दिन सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला ५६ हजार ३ सय रुपैयाँ कायम भएको छ। गत सोमबार सुनको मूल्य प्रतितोला ५६ हजार ६ सय रुपैयाँ रहेको थियो भने मंगलबार ५६ हजार ५ सयमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको मूल्य पनि यस दिन घटेको छ । अघिल्लो दिन प्रतितोला ७७५ रुपैयाँ रहेको चाँदी यस दिन ७७० मा झरेको छ। लक्ष्मी पूजाका लागि सुन तथा चाँदीका सिक्का, भाँडा तथा गरगहना किन्ने चलन रही आएको छ। जसले गर्दा यतिबेला सुनचाँदीको माग समेत सामान्य दिनमा भन्दा दोब्बरले बढेको छ।

बजारमा यतिबेला दैनिक सरदर ५० केजी सुनको माग रहेको छ। सामान्य दिनमा २५ केजीको हाराहारीमा माग रहेकोमा दसैँ तथा तिहारको अवधिका कारण माग दोब्बरले बढेको छ । त्यस्तै चाँदीको माग पनि दोब्बरभन्दा बढीले बढेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!