सिमरामा कविर आधारभुत विद्यालयको उदघाटन

Posted on: 28 Oct, 2017


राम नारायण पंडित/११, सिरहा । सिरहाको कर्जन्हा नगरपालिका ७ सिमरामा नवनिर्मित विद्यालय भवनको एक कार्यक्रमकाबिच उदघाटन गरिएको छ । 

सिमरामा रहेको कविर आधारभुत विद्यालयको नवनिर्मित २ कोठे भवनको आज सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतो र पुर्व कानुनमन्त्रि अजयशंकर नायकले सयुक्त रुपमा उदघाटन गरेका हुन् । 

सामुदायिक विकास कार्यक्रम सिरहाको १७ लाख ५५ हजार र जिविस÷ गाविसको ६० हजार ७ सय ५० रुपैया गरि जम्मा १७ लाख ६६ हजारको लागतमा २ कोठे भवन निर्माण गरि बिद्यालयलाई हस्तानरण गरिएको  सामुदायिक विकास कार्यक्रम सिरहा अध्यक्ष कल्पना श्रेष्ठले बताए ।

विद्यालयका प्रधानाध्यापक तिर्थलाल पासमानको अध्यक्षता र सिरहाका जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको छ । त्यस्तै बिशिष्ट अतिथिको रुपमा कर्जन्हा नगरपालिकाका मेयर गंगा पासमान, उपमेयर ज्ञानु श्रेष्ठ, जनचेताना सामुदायिक सिकाई केन्द्र सिमराका अध्यक्ष  सिंहेश्वर पासवान लगायतका उपस्थिति रहेको थियो ।  

कार्यक्रममा सामुदायिक विकास कार्यक्रम सिरहाका फिल्ड सुपरभाइजर प्रदिप सिंह, निर्माण समितिका अध्यक्ष दिलिप कुमार पासमान समेतको सहभागिता रहेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!