तेह्रथुममा रेडक्रसको एम्बुलेन्स सेवा पुनः सुचारु

Posted on: 31 Oct, 2017

कात्तिक १४, तेह्रथुम | तेह्रथुमको आठराई गाउँपालिका–५, छातेढुंगास्थित नेपाल रेडक्रस सोसाइटी, पोखरी उपशाखाले सन्चालन गरेको एम्बुलेन्स सेवा पुनःसुचारु भएको छ । करिब चार महिनाअघि एम्बुलेन्सको पार्ट पुर्जा बिग्रिएर र चालकको अभाव भएर एम्बुलेन्सको सेवा ठप्प भएको थियो । 

एम्बुलेन्स मर्मत गरी चालकको समेत व्यवस्था गरी आइतबारबाट एम्बुलेन्सको सेवा पुनः सूचारु गरिएको सोसाइटीका उपशाखा सभापति भीमप्रसाद घिमिरेले बताउनुभयो । अब रेडक्रसको बिरामीवाहक को १ च ७२८६ नम्बरको एम्बुलेन्सको सेवा आठराई क्षेत्रका बासिन्दाले पुनः प्राप्त गर्ने भएका हुन् । रेडक्रस उपशाखाले करिब दुई वर्षयता एम्बुलेन्स सेवा सन्चालन गर्दै आएको छ । 

सेवामुलक हिसावले सन्चालन गरेको एम्बुलेन्सबाट आएको आम्दानीले एम्बुलेन्सको मर्मत नै गर्न नपुग्ने भएपछि समस्या हुन थालेको स्थानीयले बताएका छन् । एम्बुलेन्सबाट आठराई गाउँपालिका अर्थात् साविकका इवा, छातेढुंगा, ह्वाकु, चुहानडाँडा, थोक्लुङ, सक्रान्ति, खाम्लालुङ लगायत गाउँका बासिन्दाले सेवा प्राप्त गर्दै आएका छन् । 

एम्बुलेन्स आवश्यक पर्दा उपशाखा सभापति भीमप्रसाद घिमिरेको मोवाइल नं. ९८४३६२४७४० र ९८४२४३२९०९ तथा एम्बुलेन्स चालकको मोवाइल नं. ९८२४०६८७९५ र ९८६१५०२८१८ मा सम्पर्क गर्न सकिने बताइएको छ । आठराई गाउँपालिकामा अहिले दुई वटा एम्बुलेन्स भएका छन् । यही वर्षबाट मात्रै प्राथमिक स्वास्थ्य केन्द्र, सक्रान्तिबजारले पनि एम्बुलेन्स सेवा सुचारु गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!