खोटाङ सदरमुकाम अव्यवस्थित ? नगरपालिका मौन, सर्वसाधरणलाई सकस

Posted on: 01 Nov, 2017


चिसाङ शेर्पा | कात्तिक १५, खोटाङ | वजारलाई नै वसपार्क बनाईदा पैदल यात्रु तथा सर्वसाधरणलाई शास्ती भएको छ । खोटाङको सदरमुकाम दिक्तेलको सोल्मा र आचार्य टोलमा रहेको वसपार्कमा गाडीहरु पार्किङ नगरी मध्य बजारका दायाँवायाँमा यातायात व्यवसायीले साना तथा ठूला सवारी साधनहरु पार्किङ गरिंदा मौसम सुख्खासंगै अत्याधिक धुलो उड्ने, ध्वनी प्रदुषण तथा वजारका साना सडकमा दुर्घट्ना हुने सम्भावना वढेको छ ।

वर्षायामका समय रत्नपार्क – अल्छेढुंगाको वाटोमा गाडी फस्ने र वसपार्कसम्म जान नसक्दा अस्थाई रुपमा दिक्तेल वजारको वेशक्याम्पमा पार्किङ गर्न थालिएको लामो समय वितिसक्दा पनि व्यवसायी तथा सम्बन्धीत पक्षले वसहरु तोकिएको स्थानमा नलैजाँदा विविध कोणमा वजारमा समस्या भईरहेको छ । फोहोरको मात्र वढ्ने गरेको पाईएको छ । 

वजारका साना सडक तथा अत्याधिक मानिसहरु आवातजावत गर्ने स्थानमा जताततै वस तथा जीप पार्किङ गरेर वजारलाई अव्यवस्थित बनाउँदा रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालयले अहिलेसम्म कुनै आवाज उठाएको छैन । कतीपय स्थानमा होटल वरीपरी नै वस तथा जिप पार्किङ गरेर राख्दा वस, जीप व्यवसायीको होटलवाला संगको साँठगाँठमा नगरपालिका मौन रहेको आँकलन गर्न सकिन्छ ।

मंसिर पहिलो सातायता खोटाङ र ओखलढुंगाको सिमाना दुधकोशीको पुल सञ्चालन हुने भएकाले तराई तथा काठमाण्डौवाट सवारी साधनको चाप थपिने देखिन्छ । वाटो सुकेपछि दिक्तेल वजारमा मोटरसाईकलको चाप वढ्न थालेपछि अव्यवस्थित सवारी साधन पार्किङले पैदल यात्रुलाई आवातजावतमा सकस भएको छ ।

यता, नगपालिकाको कार्यालयले भने, यस विषयमा कुनै प्रक्रिया थालेको छैन् । कहिलेवाट वस तथा जीपहरु पुरानो वसपार्कमा पार्किङका लागि पठाउँने कुराको ठोस निर्णय नै निकाल्न सकेका छैनन् । सहरी विकास मन्त्रालय उदयपुरवाट आचार्य टोल वसपार्कका लागि २० लाख रकम छुटिएको मात्रै थाहा भएको नगरपालिका कार्यकारी अधिकृत खिलराज राईले बताए । सोल्मा वसपार्क स्थानीय गौरवका निति तथा कार्यक्रममा समेटिएको राईको भनाई छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!