मुसिकोट नगरपालिका आफैले २१ वटा सिकाई केन्द्र सञ्चालन गर्दै

Posted on: 06 Nov, 2017

प्रेम सुनार/कात्तिक २०, गुल्मी । केन्द्रिय सरकारले गुल्मी जिल्लामा जम्मा २४ वटा मात्रै सामुदायीक सिकाई केन्द्र सञ्चालन गरेको छ । 

तर यहाँ मुसिकोट नगरपालिका एक्लैले २१  व्वटा स्थानमा सामुदायिक सिकाई केन्द्र सञ्चालन गर्न लागेको जिल्ला शिक्षा कार्यालय गुल्मीले जनाएको छ ।

‘यो अत्यन्तै सह्रानिय कार्य हो, गुल्मी जिल्लाका १२ वटा स्थानिय तह मध्ये पहिलो पटक मुसिकोट नगरपालिका एक्लैले २१ वटा केन्द्र सञ्चालन गर्दै छ , जिल्ला शिक्षा अधिकारी टिकाराम शर्माले भने –‘हामीले त उसलाई एउटा मात्र केन्द्र खोल्नका लागि दुई लाख मात्र दिएका छौं । 

त्यस गाउँपालिकाका मेयर सोमनाथ सापकोटाले जनचेतना छर्ने , साक्षरको संख्या बढ्ने, जनचेतनाबाट समाजको विकृति विसंगती हटाउने र रोजगारी सिर्जना पनि हुने भएकाले यो कार्यक्रमलाई महत्व दिएको बताए ।

त्यस नगरपालिकाले अन्य थुप्रै कार्यक्रमहरु ऋअगाडी सारेर रोजगारी सिर्जना गरी रहेको छ । उसले महिला र अन्य विपन्न वर्गलाई आय आर्जन मुलक कार्यक्रम पनि सञ्चालन गरी रहेको छ । त्यस नगरपालिकामा सरकारको नेतृत्व नेकपा एमालेका जनप्रतिनिधीहरुले गरी रहेका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!