सुर्खेतका दुई पसलमा आगलागी हुँदा करोडौंको क्षेती

Posted on: 09 Nov, 2017

दलसिंह गिरी/कार्तिक २३, सुर्खेत । जुम्ला रोड सुर्खेत मंगलडीचोक नजिक रहेको बराल बिजिनेश सेन्टरमा आगलागी हुदा करीब ३ करोड बराबरको क्षति पुगेको छ ।

बुधबार राती करीब २ बजे तिर आगलागी हुदा बराल बिजिनेश सेन्टर भित्र रहेका सबै स्टेसनरी सामाना, कम्प्यूटर, ल्यापटप लगायतका सबै सामानहरु नष्ट भएकाछन् । आगो बढ्दै गएपछि छेउमा रहेको रोशन ड्रग हाउसमा पनि आगजनी भएको छ । उद्योग बाणिज्य संघ कालीकोटका पूर्ब बरिष्ट उपाध्यक्ष समेत रहेका बराल बिगत एक बर्ष देखि सुर्खेतमा ब्यापार गरी बसेका हुन् । 


पसलमा आगलागी कसरी भयो एकिन नभएपनि सिसी क्यामरा बन्द नगरेको र पसमा मुसाहरुको बिग्बिगी रहेकाले मुसाले बिद्युत्तको कुनै तार काटेर आगलागी भएको अनुमान गरिएको छ । रातिको समयमा आगलागी भयो, एम्बुलेन्स नेपालगञ्ज गएको रहेछ, आगलागी हुने बित्तिकै म पसलमा पुगे पानी थिएन, काउन्टर सम्म त जान भ्याए, तर केही गर्न सकिएन म बेहोश भएछु प्रोपराइटर बरालले भने ।

आगलागी भएको खबर थाहा पाएर पसलमा आउदा पनि आगो निभाउन सकिएन, बरालले भने पुराना र नयाँ खाताहरु, ल्यापटप, कम्प्यूटर दुई थान, फोटोकपी मेसिन, दिनभरको ब्यापारको रकम, अरुले राख्न दिएको नगद तथा सबै सामानहरु पनि नष्ट भयो, के के थियो सबै म भन्न सक्दिन, जे थियो सबै नष्ट भयो । मेरो पसलमा २ करोड बढिको क्षति भयो, डग हाउसमा पनि क्षति पुगेकोछ, यत्ति नै क्षति भयो भनेर भन्न कठिनछ, बरालले भने जिन्दगीको सबै उपलब्धी स्वाहा भयो ।


परिश्रम गर्दै ऋण गरेर कमाएको पुँजी पनि स्वाहा भयो, कसलाई यत्ती क्षति भयो भनेर के पाउनुछ, सडकमा हिड्नेहरुका कथा सडकलाई मात्रै थाहा हुन्छ । सडकमा जति कुर्लिएपनि कसैले सुन्दैन भनेर पनि के नै हुन्छ, उनले दुखेसो पोखे । 

कालीकोट उद्योग बाणिज्य संघका पूर्ब बरिष्ट उपाध्यक्ष समेत रहेका बरालको पसलमा भएको आगलागी र पुगेको क्षति प्रति सबैले दुःख ब्यक्त गरे पनि बराललाई पुगेको क्षतिको उपरा कुनै संकेत देखिदैन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!