जलविद्युतमा लगानी हुँदै कम्पनीको स्वँपुजी

Posted on: 09 Nov, 2017

दलसिंह गिरी/कार्तिक २३ कालिकोट । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)ले ४२६ मेगावाटको फूकोट–कर्णाली जलविद्युत् आयोजनामा स्वँपुजी (इक्विटी)  गर्ने निर्णय गरेको छ । 

६ वर्षअघि स्थापनाभएको कम्पनीले हालसम्म जलविद्युत् आयोजनाहरुमा ऋण लगानीमात्र गर्दै आएको छ । फूकोट–कर्णालीमा भने कम्पनीले १० प्रतिशत स्वपुँजीलगानी गर्न लागेको हो । 

कम्पनीमा बसेको बैठकले उत्पादक कम्पनीको अनुरोधमा लगानीको निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत छविलाल पोखरेलले जानकारी दिए । ‘कम्पनीले १० प्रतिशत अर्थात् १ अर्ब २६ करोड रुपैयाँ बराबर लगानी गर्ने निर्णय गरेको छ । कम्पनीले पाँचवर्षे व्यवसायिक योजना सार्वजनिक गरेपछिको यो पहिलो लगानी पनि हो,’ उनले भने । 

निजामतिकर्मचारी सहित नेपाली सेना, प्रहरी, शिक्षक लगायतको सेयर लगानीमा निर्माण हुनलागेको आयोजना २० प्रतिशत इक्विटी र ८० प्रतिशत लोनमा निर्माण हुन लागेको छ । कालीकोटमा निर्माण हुनलागेको आयोजनालाई ऊर्जा मन्त्रालयले गत साउनमा अध्ययन अनुमतिपत्र दिएको थियो ।

अहिले सम्म ५ सय ४१ मेगावाटका १४ आयोजनामा ६ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गरिसकेको आयोजनाले पाँचवर्ष भित्र १५ अर्ब बराबर लगानीगर्ने लक्ष्य राखेको छ । 

विदेशी पुँजी भित्र्याएर तथा स्वदेशकै पुँजी जम्मा गरेर कम्पनीले सरकारी तथा नीजी क्षेत्रका आयोजनाहरूमा इक्विटी र लोन दुवै लगानीगर्ने योजना रहेको प्रमुखकार्यकारी अधिकृत पोखरेलले जानकारी दिए । 

कम्पनीको बोर्ड बैठकले सेयर लगानीकर्ताहरूलाई ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय समेत गरेको छ । कम्पनीका अनुसार ५० करोड बराबरको लाभांश वितरण गर्न लागिएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!