युएई, कतार, साउदी, मलेसिया लगायत सबै देशको पैसाको मूल्य बढ्यो (हेर्नुहोस् दररेट)

Posted on: 13 Nov, 2017

कात्तिक २७, काठमाडौं । हामीले हरेक साता बिदेशी विनिमय दरको अपडेट जानकारी गराउंदै आएका छौं । यसै क्रममा अघिल्लो सोमबारको तुलनामा बिभिन्न देशको पैसाको भाउ बढेको छ वा घटेको छ भन्ने बारे आज हामीले जानकारी अपडेट गरेका छौं । अघिल्लो साताको सोमबारको तुलनामा तल उल्लेख गरिएका सबै देशको पैसा भाउ बढेको छ । हामीले दिने विनिमय दरको अपडेट नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दरमा आधारित छ । 

यो साताको आइतबार अर्थात हिँजोको तुलनामा विनिमय दरमा खासै घटबढ नभएपनि गत साताको तुलनामा भने डलर सहित खाडी र मलेसिया पैसाकोको भाउ बढेको छ । अघिल्लो सोमबार एक अमेरिकी डलरको खरिददर १०२ रुपयाँ ९८ पैसा रहेकोमा आज उक्त दर ९८ पैसाले बढेर १०३ रुपयाँ ९६ पैसा पुगेको छ ।

त्यस्तै साउदीको रियाल अघिल्लो सोमबार एकको खरिददर २७ रुपयाँ ४६ पैसा रहेकोमा आज २७ रुपैयाँ ७२ पैसा पुगेको छ भने विक्रिदर २७ रुपैयाँ ८८ पैसा रहेको छ ।

त्यस्तै अघोल्लो सोमबार कतारी रियाल एकको खरिददर २८ रुपयाँ २८ पैसा रहेकोमा आज झन्डै २७ पैसा बढेर  २८ रुपैयाँ ५५ पैसा र विक्रिदर २८ रुपैयाँ ७२ पैसा पुगेको छ ।

त्यसैगरी अघिल्लो सोमबार युएई दिर्हाम एकको खरिददर २८ रुपयाँ ४ पैसा रहेकोमा आज सो भाउ बढेर २८ रुपैयाँ ३० पैसा पुगेको छ भने विक्रिदर २८ रुपैयाँ ४७ पैसा पुगेको छ । यसरी हेर्दा एक सातामै युएईको पैसाको भाऊ २६ पैसा बढेको छ । 

त्यस्तै मलेसियन रिंगिट अघिल्लो साताको सोमबार २४ रुपयाँ ३१ पैसा रहेकोमा आज ४९ पैसाले बढेर एकको खरिददर २४ रुपैयाँ ८० पैसा र विक्रिदर २४ रुपैयाँ ९५ पैसा पुगेको छ । 

त्यसैगरि अघिल्लो सोमबार कोरियन वन १ सयको खरिददर ९ रुपयाँ २३ पैसा थियो भने आज ६ पैसाले बढेर ९ रुपैयाँ २९ पैसा र विक्रिदर ९ रुपैयाँ ३५ पैसा रहेको छ ।

त्यसैगरि कुवेती दिनार आज एकको खरिददर ३ सय ४३ रुपैयाँ ३४ पैसा र विक्रिदर ३ सय ४५ रुपैयाँ ३२ पैसा रहेको छ । अघिल्लो सोमबार कुवेती दिनारको मूल्य ३४० रुपयाँ १५ पैसा रहेको थियो । 

त्यस्तै अघिल्लो साताको सोमबार २७३ रुपयाँ १९ पैसा तोकिएको बहराइन दिनारको मूल्य आज २ रुपयाँ भन्दा बढीले बढेर एकको खरिददर २ सय ७५ रुपैयाँ ५८ पैसा र विक्रिदर २ सय ७७ रुपैयाँ १७ पैसा पुगेको छ ।

त्यस्तै जापानी एनको मूल्य पनि अघिल्लो साताको तुलनामा बढेको छ । अघिल्लो साताको सोमबार १० को खरिददर ९ रुपयाँ ३ पैसा रहेको जापानी एनको मूल्य आज ९ रुपयाँ १६ पैसा पुगेको छ । 

यसरी सबै देशको पैसाको भाउ अघिल्लो साताको सोमबारको तुलनामा उकालो लाग्दै गएको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्ने जनाएको छ ।

नेपाल राष्ट्र बैंकले तोके अनुसार आजको बिनीमय दररेट तल तालिकामा पनि हेर्न सक्नुहुनेछ: 


यस बिषयमा तपाइको प्रतिक्रिया...!