गुल्मीमा चार महिनामा राहदानीबाट झण्डै एक करोड राजस्व

Posted on: 15 Nov, 2017

प्रेम सुनार/कार्तिक २९, गुल्मी । पछिल्लो चार महिनाको अवधीमा गुल्मीमा राहदानी बनाउनेको संख्या बढेको छ । श्रावण मशान्त देखि कार्तिक २६ गते सम्म सरदर दैनिक २५  जनाका दरले राहदानी लिने गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालय दशै विदा सकिए पछि र तिहार विदा सकिए पछि विहान आठ वजे देखि साँझ ८ वजे सम्म पनि प्रशासनमा  खट्नु परेको थियो भन्छन् । प्र.जि.अ. अर्यालयका अनुसार अशार मशान्त देखि कार्तिक २५ गते सम्म ८३ लाख  ९३ हजार राहदानीबाट राजश्व संकलन भएको छ । 

जिल्ला प्रशासनकी लेखापाल सुष्मा मरासीनीका अनुसार श्रावण महिनामा १८ लाख १५ हजार राहदानीबाट राजश्व संकलन भएको थियो । भाद्र महिनामा १३ लाख २० हजार , दशै ताका आश्विन महिनामा ह्वात्तै बढेर २७ लाख ५ सय राजश्व संकलन भएको थियो । 

कार्तिक १ गते देखि २८ सम्म २४ लाख ३० हजार ५ सय राजश्व संकलन भएको थियो । दैनिक १ लाख देखि २ लाख ८० सम्म राजश्व संकलन भएको  छ । आश्विन २२ गतेका दिन गत एक वर्षको अवधीमा सम्म सवै भन्दा धेरै जनाले राहदानी लिएका थिए ।

उक्त दिन सवै भन्दा बढि २ लाख ७० हजार ५ सय राजश्व संकलन भएको थियो । कम्तीमा पनि एक दिनमा राहदानीबाट एक लाख भन्दा कम नहुठेको प्र.जि.अ. अर्यालय बताउँ छन् । राहदानी फाँट प्रमुख भुवन बस्नेतका अनुसार देश विदेशमा आफन्तले बोलाएर भेट्न विदेश जाने बृद्ध बृद्धाहरुको संख्या पनि बढ्दै गएको छ । 

आमाले घर छाडेर  विदेश हिडेका तिन चार वर्षका वालवालिका समेत राहदानी बनाएर अभिभावक मार्फत विदेश जाने गरेका छन् ।  करिव ५ प्रतिशत आफन्त भेट्न र सिमित समयका लागि घुम्न जानेहरु रहेको पाईएको छ । प्रशसनले दिएको राजश्वको विवरण अनुसार मासिक ५ सय  जना युवाहरु गुल्मीबाट वैदेशिक रोजगारमा जाने गरेको आंकलन गर्न सकिन्छ ।

एकिन विवरण भने प्रशासनले आर्थिक वर्ष समाप्ती पछि मात्र सार्वजानिक गर्ने बताएको छ ।  राजश्य संगै गुल्मीमा रेमिट्यान्स पनि मासिक करौडौं भित्रिदै आएको छ । जिल्लामा पछिल्लो एक दशकमा केहि असहाय परिवार वाहेक दयानिय अवस्थाका गरिव परिवार कम मात्रमा देखिएका छन् । 

गाउँ गाउँमा पनि शहरिया लवाई खुवाई र वसाईको लहर चलेको छ । 

प्राय प्रत्येकको घरमा व्यवस्थि भान्छा कोठा सहितको ग्याँस चुलो,  टेवुल कुर्चि, अलग अलग सत्ने कोठा र आकर्षक  वैठक कक्ष समेत रहन थालेका छन् । टेलिभिजन र ईन्टरनेटको पहुँचमा समेत ग्रामिण  वस्ती रहँन थालेका छन् ।

एउटै परिवारमा १२ वटा सम्म मोवाईल सञ्चालनमा छन् । 

प्रायः धेरैको हातमा महँङ्गा मोवाईले  देख्न सकिन्छ । कतिपय परिवारमा ५÷६ हजार सम्म मोवाईल फोन खर्च भएको पाईन्छ । अव गाउँमा पनि पैसाको कमी छैन तर वैदेशिक रोजगारले कतिपय दम्पत्ती विचमा  विश्वासको  कमी भने निम्ताएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!