हेलो नेपालका ६ वटा टावर सञ्चालनमा आए, सेवाग्रही खुसि

Posted on: 19 Nov, 2017

सरोज थापा | मङ्सिर ३, डोल्पा | डोल्पा जिल्लामा विभिन्न स्थानमा रहेका ६ वटा निजि कम्पनी हेलो नेपालको टावर सञ्चालनमा आएका छन । डोल्पा जिल्लाको साविकको फोक्सुन्डो , शहरतारा ,मुकोट , सुँ , छार्कामा रहेका हेलो नेपालको टावर केही दिन आगाडी बाट संचालनमा आएको थियो भने आइताबार देखी रह गाबिसमा पनी हेलो नेपालको टावर सञ्चालनमा आएको छ । 

झन्डै २ बर्ष पछी डोल्पा जिल्लामा हेलो नेपालको मोवाईल टावर सन्चालनमा आएको हो । डोल्पा जिल्लाको विभिन्न ठाउँहरुमा रहेका जम्मा १७ वटा हेलो नेपालको टावर मध्य ६ वटा सन्चालनमा आईसकेको छ भने बाकिँ ११ वटा स्थानमा रहेका टावर मर्मत गर्ने कार्य भईरहेको सदरमुकाम दुनैका व्यवसायी नारायन अधिकारीले बताउनु भएको छ । उहाँका अनुसार फोक्सुन्डो बाट साल्दागँ तर्फगएको टोली सम्पर्कमा नआएको बताईएको छ । 

आवको केहि समयमै डोल्पा जिल्लाका विभिन्न स्थानमा रहेको हेलो नेपालका टावर सन्चालनमा आउने जनाईएको छ । करिव २ बर्ष देखि उपल्लो डोल्पा लागाएत विभिन्न ठाउँका स्थानिय बासिन्दाहरु सन्चार विहिन भएपछी काईके गाउपालीकाका स्थानिय बासिन्दा ओम रोका मगर र काईके गाउपालीका वडा नं ७ का वडा अध्यक्ष राम चन्द्र रोकायाले विभिन्न निकाय सगँ पहल गरेपछी डोल्पा जिल्लामा रहेको हेलो नेपालको टावर र्ममत गर्नको लागी डोल्पाका विभिन्न ठाउँहरुमा प्राविधिक टोली खटिएको बताईएको छ । मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागी डोल्पा जिल्लाका विभिन्न ठाउँहरुमा रहेको हेलो नेपालको टावर सन्चालनमा आए निर्वाचनमा खटिने कर्मचारी मतादाताहरुलाई सहज हुने देखिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!