पोखरामा थियटर भवनको निर्माण सम्पन्न

Posted on: 20 Nov, 2017

मङ्सिर ४, पोखरा । पोखरा–लेखनाथ महानगरपालिका–४ गैरापाटनमा पोखरा थियटर भवनको निर्माण सम्पन्न भएको छ । 

पञ्चामृत नाट्य समूह पोखराको सक्रियतामा निर्माण गरिएको थियटर भवन निर्माण सम्पन्न गर्न रु ७० लाख खर्च भएको संस्थाका अध्यक्ष परिवर्तन कार्कीले जानकारी दिनुभयो । 

संस्थाका अध्यक्ष कार्की, सदस्यद्वय दिलप्रसाद गुरुङ र शंकरनाथ कोइरालाको सहयोगमा निर्माण गरिएको सो भवनको निर्माणपछि व्यावसायिक रुपमा नाटक प्रदर्शन एवं कला, साहित्य र संगीत क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । 

भवन निर्माणका लागि डेढ रोपनी जमिन दश वर्षका लागि मासिक रु १५ हजार भाडा दिने गरी लिइएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!