सुनको भाउ घट्यो

Posted on: 22 Nov, 2017

मंसिर ६, काठमाडौं  ।  सुनको भाउ बुधबार तोलामा दुई सय रुपैयाँले घटेर तोलाको ५५ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

मंगलबार तोलामा ४ सय रुपैयाँ घटेर ५६ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घटेको हो । चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी बुधबार पनि तोलाको ७ सय ६० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!