शारदा यातायातद्वारा बांगेलाखुरी देखि नेपालगञ्जका लागी डिलक्स बस संचालन

Posted on: 27 Nov, 2017

शंकर के सी/मङ्सिर ११, सल्यान । यात्रुहरुलाइ स्तरिय र सर्वसुलभ सेवा दिने दाबीका साथ सल्यानमा सञ्चालनमा आएको शारदा यातायात प्रालिले बांगेलाखुरिबाट नेपालगञ्जका लागी आज सोमबारदेखि गाडी छाडेको छ ।

सल्यानको बांगेलाखुरिबाट सोमबार विहान ७ बजे नेपालगञ्जका लागी बांगेबाट ना ७ ख ३५७२ नम्बरको डिलक्स बस छुटेको शारदा यातायात प्रालिका सचिव गोविन्द ओलिले जानकारि दिए ।

उनले भने– ‘अवदेखि नियमित रुपमा बांगेलाखुरिबाट विहान ७ बजे गाडी छुट्ने छ र नेपालगञ्जबाट विहान साढे सात बजे गाडी सल्यानका लागी आउने छ ।’ यो संगै शारदा यातायातका अहिले पाँच वटा गाडी सल्यान–दाङ र सल्यान– नेपालगञ्ज रुटमा संचालन भइरहेको उनको भनाइ छ ।


अव छिट्टै अरु नयाँ गाडी थप गरेर काठमाण्डौ सम्म संचालन गर्ने तयारि भइरहेको पनि सचिव ओलिले बताए । ‘रात्री बस सेवाको लागि ९० प्रतिशत काम सकिएकोले अबको केहि दिन भित्रै सल्यान देखि काठमाडौ रुटमा डिलक्स सेवा सुविधा सहितको रात्री बस सेवा सन्चालनमा आउने छ,’ उनले भने ।

अहिले शारदा यातायातमा मिनी बस तथा ठूलो गाडी दर्ता हुने क्रम चलिरहेको उनले जानकारि दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!