सुनको भाउ घट्यो

Posted on: 01 Dec, 2017

मंसिर १५, काठमाडौं । सुनचाँदीको भाउ शुक्रबार तोलामा ३ सय रुपैंयाले घटेर  ५५ हजार ४ सय रुपैंयामा कारोबार भैरहेको छ ।

यस्तै चाँदीको भाउ पनि घटेको छ । तोलामा ५ रुपैंया घटेर चाँदी आज ७ सय ४० रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार तोलाको ५५ हजार ७ सय रुपैंयामा कारोबार भएको सुनको भाउ शुक्रबार तोलामा ३ सय रुपैंया घटेको हो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!