अम्बे सिमेन्टको इजाजत रद्द

Posted on: 05 Dec, 2017

मङ्सिर १९,  काठमाडौं | नेपाल गुणस्तर तथा नापतौल विभागले अम्बे सिमेन्ट प्रालि पर्साको इजाजत रद्द गरेको छ । 

कम्पनीले नेपाल गुणस्तर एेन २०४९ ले तोकेकोभन्दा कम कच्चापदार्थको प्रयोग गरेर उत्पादन गरेपछि विभागले मंगलबार आफ्नो विभागबाट प्रदान गरेको प्रमाण चिह्न प्रयोगको इजाजत रद्द गरेको हो । 

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले प्रालिले आफ्नो ओपिसीको उत्पादनमा नेपाल गुणस्तरले तोकेको मापदण्डभन्दा कम कच्चापदार्थ प्रयोग गरेर उत्पादन गरेकाले इजाजतपत्र रद्द गर्नुपरेको जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!