आन्तरिक उडानको भाडा बढ्यो (कहाँ जान कति खर्च लाग्छ ?)

Posted on: 10 Dec, 2017

मङ्सिर २४, काठमाडौँ (रासस) | वायु सेवा सञ्चालक संघले आन्तरिक उडानको भाडा बढाएको छ । हवाई इन्धनको मूल्यवृद्धि भएसँगै संघले यही मंगलबारदेखि लागू हुनेगरी भाडा बढाउने निर्णय गरेको हो । 

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि विमानसेवा कम्पनीले पनि हवाई भाडा बढाउनुपरेको संघका प्रवक्ता घनश्याम आचार्यले जानकारी दिनुभयो । आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर रु चार वा सोभन्दा बढी घटबढ भएमा त्यहीअनुसार भाडा घटाउन तथा बढाउन सक्ने व्यवस्थाअनुसार बढाउने निर्णय भएको छ । यही २२ गते निगमले आन्तरिक इन्धनको मूल्य प्रतिलिटर रु पाँच बढाएको थियो । 

संघका अनुसार धनगढीका लागि सबैभन्दा धेरै भाडा प्रतियात्रु रु २२० बढेको छ । यसअघि पुरानो भाडादर रु १२ हजार १०० रहेकामा अब १२ हजार ३२० कायम भएको छ । 

त्यस्तै सिमराका लागि सबैभन्दा कम प्रतियात्रु रु ४५ ले भाडा बढेको छ । पुरानो भाडा रु तीन हजार ९५० रहेकामा अब चार हजार १० कायम भएको छ । 

भाडा सूचीसहित तल उल्लेख गरिएको छ" 

स्थान: माउण्टेन

पुरानो भाडादर: १० हजार ८५०

बढेको शुल्क: १७०

नयाँ भाडादर: ११ हजार २० 

स्थान: भैरहवा 

पुरानो भाडादर: ५ हजार ९५०

बढेको शुल्क: १०५

नयाँ भाडादर: ६ हजार ५५ 

स्थान: भरतपुर  

पुरानो भाडादर: ३ हजार ४५०

बढेको शुल्क: ५५

नयाँ भाडादर: ३ हजार ५०५ 

स्थान: विराटनगर  

पुरानो भाडादर: ७ हजार १००

बढेको शुल्क: १२०

नयाँ भाडादर: ७ हजार २२० 

स्थान: पोखरा 

पुरानो भाडादर: ४ हजार ६५०

बढेको शुल्क: ८०

नयाँ भाडादर: ४ हजार ७३०  

स्थान: नेपालगंज  

पुरानो भाडादर: ९ हजार ४००

बढेको शुल्क: १६५

नयाँ भाडादर: ९ हजार ५६५

स्थान: भद्रपुर 

पुरानो भाडादर: ८ हजार ६००

बढेको शुल्क: १५०

नयाँ भाडादर: ८ हजार ७५०

स्थान: सिमरा 

पुरानो भाडादर: ३ हजार पाँच ४५

नयाँ भाडादर: ३ हजार ४५

स्थान: धनगढी  

पुरानो भाडादर: १२ हजार १००

बढेको शुल्क: २२०

नयाँ भाडादर: १२ हजार ३२० 

स्थान: जनकपुर 

पुरानो भाडादर: ३ हजार ९५०

बढेको शुल्क: ६०

नयाँ भाडादर: ४ हजार १० 

स्थान: तुम्लिङ्गटार 

पुरानो भाडादर: ५ हजार ६२५ 

बढेको शुल्क: ९५

नयाँ भाडादर: ५ 

हजार ७२० 

यस बिषयमा तपाइको प्रतिक्रिया...!