निजी खर्चबाटै गाउँ विकासमा मोरङ र्लाबारीका सुन्दर श्रेष्ठ

Posted on: 12 Dec, 2017

मङ्सिर २६, मोरङ । न उनी कुनै निकायको उम्मेदवार नत कुनै उच्चस्तरको सरकारी कर्मचारी हुन्, गाउँको विकासमा अरुको ध्यान नपुगेपछि मोरङ राजघाटका–७ हाल उर्लाबारी–९ का सुन्दर श्रेष्ठले आफ्नो निजी खर्चमा गाउँको विकासमा निरन्तर लागिरहेका छन् । 

सडक बत्ती जडान, विद्यालयमा विविध सहयोग, खेलकुद तथा बाटोघाटो निर्माणमा समेत उनको सहयोग छ । श्रेष्ठको यो सेवाले चुनाव आएपछि यो गर्छु र त्यो गर्छु भन्ने नेताहरुलाई नतमस्तक बनाइदिएको छ । 

स्थानीय कला र संस्कृतिको विकासका लागि पनि सहयोग पु¥याउनुभएका समाजसेवी श्रेष्ठले अब विद्यार्थीका लागि छात्रवृत्ति स्थापना गर्ने सोचाइ रहेको बताउँछन् । 

उहाँकै एकल लगानीमा खेत भित्रभित्र बाटो बनेपछि स्थानीय काजी लिम्बू भन्नुहुन्छ, “घर अगाडि नै बाटो बनेपछि बिरामी बोकेर लानुपर्ने समस्या अब छैन, गाडी आँगनमै आइपुग्छ । रासस 


 



 


यस बिषयमा तपाइको प्रतिक्रिया...!