अब इम्बोस्ड नम्बर प्लेट अनिवार्य, कहिलेसम्म छ म्याद ?

Posted on: 14 Dec, 2017

मङ्सिर २८, काठमाडौँ | अब चार पांग्रे सवारी साधनमा अनिवार्य इम्बोस्ट नम्बर प्लेट जोड्नुपर्ने भएको छ । सरकारले चारपांग्रे सवारीमा इम्बोस्ड प्लेट जडानलाई अनिवार्य गर्ने निर्णय गरेको हो । 

निर्णय अनुसार बाग्मति अंचलमा दर्ता भई बा ....... अगाडी आउने सबै चारपांग्रे सवारीले नयाँ नम्बर प्लेट लिनुपर्ने भएको छ | त्यसका लागि सवारी साधनहरुले आगामी असार मसान्तसम्मको समय पाउनेछन् ।

अब वितरण हुने प्लेटमा ‘बा’ लेखिएको ठाउँमा ‘स्टेट-३’ राखिनेछ । 

समय सिमा अनुसार सरकारी तथा संस्थानका सबै चार पांग्रे सवारीले आगामी चैत मसान्तभित्र प्लेट जडान गरिसक्नुपर्ने हुन्छ । लट नम्बर १ देखि १२ सम्मका चारपांग्रे सवारीले चैतभित्र इम्बोस्ड प्लेट जडान अनिवार्य रूपमा गराइसक्नुपर्नेछ भने १३ नम्बर लटदेखि माथिका चारपांग्रे सवारीले पनि आगामी असार मसान्तसम्म इम्बोस्ड जडानको लागि समयसीमा तोकिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!