युएई, कतार, मलेसिया, साउदी लगायत देशहरुको आज पैसाको मूल्य कति छ ?

Posted on: 15 Dec, 2017

मङ्सिर २९, काठमाडौं | नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार बिभिन्न देशको सटहीदर अघिल्लो दिनको तुलनामा घट-बढ भएका छन् । आज अमेरिकी डलर १ को खरिददर १०२.६५ रहेको छ भने बिक्रीदर १०३.२५ रहेको छ । 

त्यस्तै आज एक साउदी रियालको खरिददर २७ रुपैयाँ ३७ पैसा र विक्रिदर २७ रुपैयाँ ५३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ १९ पैसा र विक्रिदर २८ रुपैयाँ ३६ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ९५ पैसा र विक्रिदर २८ रुपैयाँ ११ पैसा तोकेको छ । उता मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ १३ पैसा र विक्रिदर २५ रुपैयाँ २८ रहेको छ । 

त्यस्तै कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४२ पैसा र विक्रिदर ९ रुपैयाँ ४८ पैसा रहेको छ । कुवेती दिनारको एकको खरिददर ३ सय ३९ रुपैयाँ ९१ पैसा छ भने विक्रिदर ३ सय ४१ रुपैयाँ ८९ पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ७२ रुपैयाँ २९ पैसा र विक्रिदर २ सय ७३ रुपैयाँ ८८ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

हेर्नुहोस् सबै देशको विनिमय दर के -कति छ ? 


यस बिषयमा तपाइको प्रतिक्रिया...!