आगलागीमा दुई लाख ५० हजारको क्षति

Posted on: 15 Dec, 2017

मङ्सिर २९, इनरुवा । सुनसरीको हरिनगरा गाउँपालिका–१ रामनगर भुटहामा बिहीबार साँझ आगलागी हुँदा रु दुई लाख ५० हजार बराबरको क्षति भएको छ । 

स्थानीय जियाहुद्दिन मियाँ र सरद अन्सारीको घरमा आगलागी हँुदा सो मूल्य बराबरको क्षति भएको हो । जियाहुद्दिनको घरबाट खाना पकाउने क्रममा सल्केको आगो उहाँको एकतले घर र नजिकै रहेको शरद अन्सारीको एकतले घर पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

जियाहुद्दिन र शरदको घरमा आगलागी भएपछि घरमा रहेको अन्नपात, लत्ताकपडा, फर्निचर सामग्रीलगायतका सामान पूर्णरुपले जलेर नष्ट हुँदा सो मूल्य बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो । 

आगलागी इनरुवा नगरपालिकाबाट गएको वारुण यन्त्र, प्रहरी र स्थानीयवासीले नियन्त्रणमा लिएका थिए । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!