आलोचकहरुलाई कडा जवाफ दिँदै पत्रकार लामिछानेले सुरु गरे मुसहर बस्ती (फोटो फिचरसहित)

Posted on: 18 Dec, 2017

पुस ३, काठमाडौँ | ख्यातिप्राप्त संचारकर्मी रबि लामिछानेले आज कैलालीको तिलाठीमा बाढीले बगाएको घर परिवारको लागि मुसहर बस्ती निर्माणको कार्यको शुभारम्भ गरेका छन् ।

मुसहर बस्ती निर्माण परियोजनाको लागि केहि समय अगाडी न्युज २४ टेलिभिजन मार्फत राहत अभियान संचालन गरेको थियो । 

आयोजनाको शुभारम्भ गर्दै लामिछानेले जनविश्वास एक ईन्चपनि हल्लिन नदिने भन्दै सहयोगीहरुको एक पैसाको पनि हिसाब हुने र सदुपयोग गरिने बताए । उनले आफ्नो आलोचकहरुलाई जवाफ दिँदै काममा तल्लिन हुने समेत बताए । 

फोटो फिचरमा हेर्नुहोस् 



फोटो क्रेडिट: रवि लामिछानेको फेसबुक वालबाट 

यस बिषयमा तपाइको प्रतिक्रिया...!