गुल्मीमा पहिलोपटक प्रथम होमस्टे महोत्सव हुने

Posted on: 21 Dec, 2017

पुस ६, गुल्मी । गुल्मीमा पहिलोपटक प्रथम होमस्टे महोत्सव हुने भएको छ । 

मुसिकोट नगरपालिका वडा नं ६ स्वाँरामा रहेका गुरुङ समुदायले यही पुस १० देखि १३ गतेसम्म स्वाँरा होमस्टेको प्रचारप्रसार गर्ने उद्देश्यका साथ प्रथम होमस्टे महोत्सव गर्न लागिएको समाजसेवी कुलबहादुर गुरुङले जानकारी दिनुभयो । 

महोत्सवमा गुरुङ समुदायका विभिन्न कला संस्कृति झल्किने परम्परागत सांस्कृतिक झलकको साथमा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको बेजोड सांस्कृतिक प्रस्तुति तथा खेलकुदलगायत होमस्टे महोत्सवका मुख्य आकर्षण रहने समाजसेवी गुरुङले बताउनुभयो । 

विसं २०६८ देखि स्वाँरा होमस्टे सञ्चालन गरिए पनि होमस्टेको उचित प्रचारप्रसार नहुँदा र यातायातको भरपर्दो व्यवस्था नहुँदा समेत स्वाँरा होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या कम हुँदै गएपछि गुरुङ समुदायद्वारा सञ्चालन गरिएको स्वाँरा होमस्टेलाई व्यापक प्रचारप्रसार गर्नसमेत महोत्सव आयोजना गरिएको समितिले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!