बागलुङमा आगलागी हुँदा दुई घर जलेर खरानी

Posted on: 02 Jan, 2018

पुस १८, बागलुङ । पश्चिम बागलुङको बुर्तिबाङ बजारमा गएराति भएको आगलागीमा दुई घर जलेका छन् । 

स्थानीय गणेश बुढा र रामबहादुर घर्तीका पक्की तीनतले घर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय, बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण रानाले बताउनुभयो । 

आगलागीको घटनामा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेपनि मानवीय क्षति भने नभएको उहाँको भनाइ छ । 

आगलागीको कारण खुल्न नसके पनि विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । 

समयमै आगलागी नियन्त्रणमा लिइएका कारण अन्यत्र फैलन नपाएको प्रहरीको भनाइ छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!