सडक निमार्णमा महिलाको सक्रिय सहभागीता

Posted on: 02 Jan, 2018

नन्द बहादुर रोकाया/पुस १८, मुगु । मुगुका महिला सडक निमार्णको काममा सक्रिय सहभागीता का साथ काम गदै आएका छन । 

गमगढी ग्रिलाह धैनाधुला चौर सडक खण्डको काम अन्तीम हुन लाग्दा सम्म मुगुका महिला सडक निर्माणको काममा सक्रिय सहभागीता जनाई काममा जुटेका हुन । 

पहिले पहिले महिलाले सडक निर्माण कार्यमा काम गर्नु हुन्न पुरुषले मात्र गर्ने हो हामि सक्दौन भनेर पछी हट्ने मुगुका महिला आजभोली दैनिक आठ घण्टाको काममा ब्यस्त भएका देखिन्छन । 


पहिले पुरुषले पनी महिलालाई सडक निमार्णका जोखिम काम गर्न सक्दैन भनेर हेप्ने गनर्नले पनी महिला पछी हटे्का र आज भोली महिला पनी पुरुष भन्दा के कम छौ भन्दै सडक निमार्ण कार्यममा जुटेका महिलाहरु बताउछन । 

महिलाहरु पुरुष लाई चुनौती दिदै सडक निर्माण कार्यमा आई पर्नै ढुङ्का फोड्ने , बिल्छो लगाउने वाल चिन्ने लगायतका काममा पनी सक्रिय भई लागेको छायाँनाथ रारा नगरपालीका वडा नं ३ की नान्कला खड्काले बताउनुभयो । उहाँले भन्नुभयो सडक निमार्णको काममा जुटिरहेका छौ काममा महिला पुरुष बराबर रेट पाउने भएकाले पनी काम गर्न केही असहजता भए पनि गाह्रो महशुस नभएको र बरु काम गर्दा बेग्लै उत्साह आउने गरेको खड्काको भनाई छ । 

अर्कि महिला माया देवि खड्का अनुसार आफुले  गमगढी ग्रिलाह धैनाधुलाचौर सडक निमार्ण कार्यमा चार बर्ष देखि सक्रिय सहभागीता जनाई काम गदै आएको र ४ लाख सम्म आर्थिक पनी कमाउन सफल भएको भएपनी बिरामी भएर केहि रकम औषधिमुलोमा खर्च गरेको र २ लाख रकम बैकमा जम्मा गरेको बताउनुहुन्छ । 


सडक सुचारु नहुदाँ खान लाउन नपुग्ने भएको भएपनी अहिले त्यस्तो समस्या हटे्को उहाँको भनाई छ । ग्रामिण पहुँच कार्यक्रम च्ब्ए घ ले गमगढी ग्रिलाहा सडक खण्डको २० किमी सडक उपभोक्ता समिति माफर्त काम गराउने निर्णय गरे संगै मुगुका बेरोजगार युवा , महिला सबैले काम पाउनुका साथै एकै घरमा चार पाँच  लाख सम्म आर्थिक पनी जम्मा गरेको खड्काको बताउनभयो । 

यता ग्रामिण पहुँच कार्यक्रम च्ब्ए घ जिल्ला संयोजक मोहन रुवाईका अनुसार सडक निर्माणमा मानव स्रोतमात्र लगाई जनसहभागिता र आयआर्जनमा वृद्धि गर्ने आयोजनाको लक्ष्य रहेको र सडक लाई उपभोक्त समिति मार्फत काम गराईएको बताउनुहुन्छ । 

सडक निमार्णको काम अन्तीम चरणमा पुगेकोे  र सडक निमार्ण कार्य २०१८ मार्च भित्र सम्म निमार्ण सम्पन्न हुने  संयोजक रुवाईलीको भनाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!