खरीको सडक १५ मिटर हुनुपर्छ तर नियमलाई लात हानेर बन्दैछन् घरहरु

Posted on: 03 Jan, 2018

पुस १९, काठमाडौं । धादिङ्गको ज्वालामुखी गाउँपालिका -५ स्थित खरीमा अधिकांश नयाँ घर-संरचनाहरु नियम बिपरित बनेको पाइएको छ । 

भूकम्पपछीका अधिकांश घरहरु निर्माण जारी रहँदा घडेरी खार्ने कामदेखि घरहरु बनाउने काम भईरहेको छ । नयाँ घर बनाउँदा बिबिध कारण सडकमै जोडेर घर बनाउने होडबाजी चलेको छ, त्यसमा पनि सरकारी नियमलाई ठाडो उल्लङ्घन गरि सडक नियम एकातिर घरहरु बनेका छन् । पहाडी सडक त्यसमा पनि गैर कानुनी रुपमा घर बनाउने काम भएका छन् । सडकसँग जोडिएका आफ्नो जग्गामा सडकको मापदण्ड नछाडी घर बनाउँदा भविष्यमा आइपर्न सक्ने कठिनाई वा सरकारी नियमले नै बिना क्षेतिपूर्ति भत्काउनसक्ने अवस्था हुन्छ । 

यस बिषयमा स्पष्ट पार्दै ज्वालामुखी गाउँपालिका -५ का वडाध्यक्ष कृष्ण प्रसाद काप्रीले भने 'मापदण्ड अनुसार खरीको सडक कम्तिमा १० मिटरसम्म चौडा अनिवार्य छ ।' उनले भने अनुसार सडक १५ मिटरसम्मको हुनुपर्छ तर १० मिटर चाही अनिवार्य नै हो । काप्रीले कम्तिमा १० मिटर छाडेर घर बनाउन भनेको बताए । यदी भन्दा-भन्दै पनि नियम मिचिन्छ भने भविष्यमा हामीले साथ दिने ठाउँ रहँदैन । भविष्य नसोची घर बनाउनेले समस्या झेल्नुपर्ने हुनसक्छ । काप्रीले मापदण्ड लगायत बिषयमा सबैलाई जानकारी होस् भन्ने हेतुले वडा कार्यालय अगाडी सूचना बोर्ड टासिने बताए । 

त्यसोत अधिकांश व्यक्तिहरु सडकको मापदण्ड कति हो ? भन्ने बिषयमा अन्योल छन् । कतिपयले हचुवाको भरमा सडकलाई ठाउँ छाडेर घर बनाए पनि त्यस्ता घरहरु सडक मापदण्ड भन्दा भित्रनै परेका छन् । गाउँको सडक भएकाले तलबाट उठाउन खर्च बढ्ने हुँदा माथिपट्टिको भाग बढी सडकले काट्ने सम्भावना छ । 

नियमकै कुरा गर्ने हो भने सार्वजनिक सडक ऐनमा राजमार्गको सीमा सरकारले ३१ मिटरसम्म कायम गर्न सक्ने उल्लेख छ । त्यसअनुसार नै सरकारले मुख्य राजमार्गको सीमा दायाबायाँ २५ मिटर, सहायक राजमार्गको १५ मिटर तथा जिल्लास्तरीय र शहरी सडकको १० मिटर तोकेको छ । त्यसमा पनि यदी केन्द्रीय बाटो हो भने १५ मिटर अनिवार्य हुन्छ । नियामानुसार सडकलाई ठाउँ नछाडी नयाँ संरचना बनाईएको छ भने सरकारले भत्काउन सक्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!