सहकारीको साधारण सभा सम्पन्न

Posted on: 05 Jan, 2018

पुस २१, सुर्खेत | श्री साझा बचत तथा ऋण सहकारी संस्थाको सातौं वार्षिक साधारण सभा शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । प्रमुख अतिथि  धुव्रकुमार शाहीले सहकारी सामुहिक भावनाले सिर्जना भएको साझा व्यवसाय भएकाले सबैको सक्रियता जरुरी भएको बताए । सदस्यहरुको निस्कृयताको फाइदा केही सञ्चालकहरुले लिन सक्ने भएकाले सदस्यहरु सहकारीप्रति सकृय हुनु पर्नेमा जोड दिए । सहकारीका बिषयमा नागरिकहरुलाई सशक्तिकरण गर्न सके मुलुकको अर्थ व्यवस्था सुधार गर्न मद्यत पुग्ने विश्वास उनले गरे ।

कार्यक्रमका बिशेष अतिथि अमृत कुमार बिसीले सहकारी संस्थाले बचत संकलन र ऋण लगानी संगसंगै  संस्थाका शेयर सदस्यहरुको आर्थिक एवम् सामाजिक बिकास सम्बन्धि अवधारणलाई लैजानु पर्ने बताए । साभधारण सभाले संस्थाका कोषाध्यक्ष ओमजंग रोकायले पेश गरेको आ.व २०७३/०७४ को कुल १६ करोड बराबर आर्थिक कारोबारो र चालु आर्थिक बर्षको १९ करोड बराबर लक्ष्यसहितको  आर्थिक प्रतिवेदन पारित गरेको छ ।

संस्थाले सातौं वार्षिक साधारण सभाको अवसरमा २ जना असल बचतकर्ता, २ जना असल ऋणी, १ जना जेष्ठ नागरिकलाई सम्मानसहित प्रशंसा पत्र प्रदान गरेको छ । संस्थाको उत्कृष्ठ कर्मचारी पुष्पाकुमारी थापालाई नगद सहित प्रशंसा पत्र प्रदान गरिएको छ ।


संस्थाका अध्यक्ष श्री मदनबहादुर खड्काको अध्यक्षतामा भएको साधारण सभामा नेपाल पत्रकार महासंघका उपाध्यक्ष ललित गाहा, हिमाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बीरबहादुर रावत, बीरेन्द्रनगर नगरपालिका वडा.न ९ का प्रतिनिधि जीवनकुमार शर्मा, जिल्ला उद्योग व्यपार संघ सुर्खेतका अध्यक्ष सुर्यबिक्रम थापा र अटो व्यवसाय संघ सुर्खेतका अध्यक्ष इन्द्रबहादुर थापालगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!