दुई सचिवको थाप्लामा ८२ वडा !

Posted on: 07 Jan, 2018

दलसिंह गिरी | पुस २३, कालीकोट | स्थानीय तहको निर्वाचन पछि स्थानीय सरकार सञ्चालन भईरहँदा कालीकोटका स्थानीय सरकार भने कर्मचारी विहीन बनेका छन् । राज्यको पुर्नसंरचना पछि कालीकोटका स्थानीय सरकार कार्यालय प्रमुख विहिन बनेको छ । विशेष गरी वडा कार्यालयका कार्यालय प्रमुख नुहदा सेवा ग्राहीहरुलाई समस्या परेको छ ।

जिल्लाका करिव ८२ वटा वडा कार्यालयहरु कार्यालय प्रमखु (सचिव) विहीन छन् । साविकको ३० वटा गाबिस हुँदा पनि कालीकोटमा सचिव अभाव थिए । एउटा सचिवले दुई वटा गासिबको काम गर्नु पर्ने बाध्यता रहेको बेला राज्य पुर्नसंरचना पनि कायम भएका ९ वटा स्थानीय तहका ८२ वडा सचिव विहीन बनेका हुन् ।

वडा कार्यालयमा सचिव नहुँदा सेवा प्रवाहमा समस्या भएको स्थानीय तहका जनप्रतिनिधीहरुले बताएका छन् । वडा कार्यालयको काम पनि हाल स्थानीय तहका प्रमूख प्रशासकीय अधिकृतले नै गरिरहेका छन् । नौ वटा स्थानीय तह मध्ये ३ वटामा मात्र प्रमूख प्रशासकीय अधिकृत छन् भने बाँकी ६ वटा स्थानीय निमित्तकै भरमा छन् । कालीकोटको खाँडाचक्र र रास्कोट नगरपालिका तथा कालिका गाउँपालिकामा मात्र प्रशासकीय अधिकृत छन् । बाँकी तिलागुफा नगरपालिकासहित। नरहरीनाथ, शान्नित्रिवेणी, पलाता र पचालझरना गाउँपालिका निमित्तले चलाएका छन् ।

स्थानीय सरकार कर्मचारीविहीन भए पछि  सेवा प्रवाहमा समस्या भएको छ । पचालझरना गाउँपालिकामा एक जना मात्र वडा सचिव हुँदा ९ वटै वडाको काम एक जना सचिवमार्फत भईरहेको गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले जानकारी दिए । उनका अनुसार जिल्लामै २ जना मात्र वडा सचिव रहेका छन् । पचालझरना गाउँपालिका र पलाता गाउँपालिकामा स्थानीय भएका कारण दुई जनामात्र वडा सचिव छन् ।

साविकका गाविस सचिवहरु अधिकांश जिल्ला बाहिरका भएकाले सरुवा भई गएपछि कालिकोटका स्थानीय तह सचिव विहीन बनेका हुन् । अहिले गाउँपालिकाका कामहरु विगतमा गाविसमा काम गरिरहेका कार्यालय सहायक मार्फत भएको र एक जना वडा सचिवले गरिरहेका छन् । विकासका दृष्टिले सम्पन्न मानिएको सदरमुकाम मान्मको खाँडाचक्र नगरपालिकाका वडाहरु पनि सचिवविहीन छन् । खाँडाचक्र नगरपालिकाका प्रमूख जसीप्रसाद पाण्डेले जिल्ला सदरमुकाम अहिले कुनै पनि वडामा सचिव नभएको बताए । उनले एक जना खरिदार जिल्ला प्रशासन कार्यालयबाट काजमा लिएर नगरपालिकाका सबै वडाहरुको काम गरिहेको बताए ।

रास्कोट नगरपालिका, शान्नित्रिवेणी गाउँपालिका, नरहरीनाथ गाउँपालिका, तिलागुफा नगरपालिका, महावै गाउँपालिका र कालिका गाउँपालिकामा पनि वडा सचिव नहुँदा प्रमूख प्रशासकीय अधिकृतले वडा सचिवको काम गरिरहेका छन् । जिल्ला समन्वय समितिले भने कर्मचारी समायोजनका विषयमा पहल गरिरहेको जनाएको छ ।

ल्ला समन्वय समितिका प्रमूख अनिपाल शाहीले कालिकोट जिल्लाका ८२ वटा वडामा वडा सचिव पठाउनको लागि आफुले प्रमूख जिल्ला अधिकारी र सहायक प्रमुखजिल्ला अधिकारीसंग समेत छलफल गरि सकेकोले कर्मचारी समायोजनमा जिल्लाबाट सम्भव नभएको बताए । सदरमुकाममा कर्मचारी तलव खाएर बसेका छन्, स्थानीय तहमा कर्मचारीको अभाव छ, जनशक्ति भएपनि गाउँमा जाने कर्मचारीलाई जानको लागि असहज वातावरण सिर्जना भएकाले आफुले समन्वय समितिको तर्फबाट पहल गरिरहेको शाहीले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!