सुवर्णावति गाउँपालिकाको सुलीचौर बजारमा बैङकिङ कारोबार सुचारु

Posted on: 10 Jan, 2018

मनिषा राई/पुस २६, रोल्पा । पुर्वी रोल्पाको सुवणावति गाउपालिकाको सुलीचौर बजारबाट पनि अव सरकारी कामकाज र उपभोक्ता समितिबाट हुने सम्पुर्ण बैङिकङ्ग कारोबार सुचारु हुने भएको छ ।

पुर्वी रोल्पाका जनताहरुलाई सरकारी कामकाज र उपभोक्ता समितिबाट हुने बैङिकङ्ग कारोबार को लागि  सदरमुकाम  लिवाङमा रहेको नेपाल बैङक लिमिटेडमा खाता खोल्नु पर्ने बाध्यात्मक कार्यको अन्त्य गर्ने हेतुले वडाअध्यक्ष गन्ज क्षेत्रीको पहलमा उक्त सेवा सुचारु हुन लागेको हो ।


पुर्बी रोल्पाका साबिकका करिब २३ गा.बि.स. का जनताहरुले पाएको दुख कस्ट र सुबिधालाई मध्यनजर गरि अगाडि बढाइएको उक्त पहल स्वरुप अब देखि सुवर्णावती गाउपालिका वडा न.४ सुलिचौरमा रहेको ग्लोबल आईएमई बैंकको शाखामा सम्पुर्ण उपभोक्ता समितिले खाता खोली कारोबार गर्न सक्ने प्रबन्ध मिलाइएको छ ।

जसले गर्दा अब उपभोक्ता समितिको खाता खोल्न लिवाङ जानू पर्ने छैन । सुवर्णावति गाउपालिका वडा न. ४ का वडाअध्यक्ष गन्ज क्षेत्रीको पहलमा केही महिना अगाडि उक्त बैंकले एटिएम सर्भिस समेत सुरु गरेको वडाअध्यक्ष गन्ज क्षेत्रीले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!