शुभकार्य कृषि सहकारी संस्थाको साधारण सभा सम्पन्न

Posted on: 11 Jan, 2018

राम नारायण पंडित/पुस २७, सिरहा । मिर्चैयामा रहेको शुभकार्य कृषि सहकारी संस्थाको प्रथम साधारण सभा सम्पन्न भएको छ । 


साधारण सभामा आर्थिक बर्ष ०७३÷०७४ सालको आय –व्याय प्रस्तुत गरिएको थियो । आज (विहिवार) भएको साधारण सभाको माध्यमले संस्थामा सहयोग गर्ने विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको छ । 

संस्थाका अध्यक्ष रामरत्न यादबको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा मिर्चैया नगरपालिकाका मेयर श्रबण कुमार यादव, अतिथिको रुपमा मिर्चैया नगरपालिका बडा नं. ५ का बडा अध्यक्ष धिरेन्द्र कुमार साह लगायतका सहभागिता रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!